कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ सामानमा अमेरिकी कर

बीबीसी

वासिङ्टन — अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत गर्दै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा नयाँ कर लागउने घोषणा गरेको छ । हालसम्मकै ठूलो परिमाणका सामानमा लगाइएको अमेरिकी कर आगामी सेप्टेम्बर २४ देखि कार्यान्वयनमा आउनेछ ।

चिनियाँ सामानमा अमेरिकी कर

नयाँ कर करिब ६ हजार सामानमा लागू हुने वासिङ्टनले जनाएको छ ।

चीनमा उत्पादित हातेझोला, धान, कपडालगायतका सामानमा अमेरिकाले कर लगाएको हो । तर पहिले अपेक्षा गरिएअनुसारका स्मार्ट घडी तथा कुर्सीजस्ता सामानमा भने कर नलगाइएको अधिकारीहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको नयाँ कर नीतिको चीनले प्रतिकार गरे कर बढाएर २० प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन् ।

ट्रम्पले नयाँ करले ‘अमेरिकाको कोषमा धेरै पैसा जम्मा हुने’ दाबी गरे । उनले त्यसका अतिरिक्त थप २ सय ६० अर्ब डलर बराबरका चिनियाँ आयातमा कर लगाउने चेतावनी दिएका छन् । अमेरिकाले चीनबाट करिब ५ सय अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ । ट्रम्पले बेइजिङलाई आफूले असमान व्यापारिक अभ्यास सच्याउन मौका दिएको बताए ।

उनले दुई देशबीच विभेदपूर्ण व्यापार नीति रहिआएको ठान्ने गरेका छन् । ट्रम्पले भने, ‘त्यस्तो विभेदकारी अभ्यास परिवर्तन गर्नुपर्नेमा हामी प्रस्ट छौं । हामीले चीनलाई त्यसका लागि समय दिएको हो तर चीनले आफ्नो व्यवहार परिवर्तन गर्न कुनै चासो दिएन ।’ ट्रम्पले देशको अर्थतन्त्र जोगाउने काम आफ्नो काँधमा आएकाले उक्त निर्णय लिन बाध्य भएको पनि बताए ।

प्रकाशित : आश्विन ३, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?