म्यांकुटबाट ८१ ले ज्यान गुमाए

एएफपी

मनिला, फिलिपिन्स — फिलिपिन्समा ‘म्यांकुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको संख्या ८१ पुगेको प्रहरीले जनाएको छ । प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता व्यक्ति भीषण आँधीपछि आएको पहिरोमा पुरिएको अनुमान छ ।

म्यांकुटबाट ८१ ले ज्यान गुमाए

फिलिपिन्स राष्ट्रपतिका सल्लाहकार फ्रान्सिस टोलेन्टिनोले उद्धारकार्य जारी रहने र पहिरो प्रभावित क्षेत्रबाट सम्भव भएसम्म जीवितै उद्धार गरिने जनाए । यस आँधीले प्राय: पहाडी इलाका प्रभावित पारेको छ । यसैकारण आँधीपछि पहिरोको प्रकोप जारी छ ।

यस आँधीबाट हताहत र बेपत्ता पनि यसै पहाडी इलाकामा बढी भएको छ ।

फिलिपिन्समा यस वर्ष आएको आँधीमध्ये म्यांकुट अत्यन्त शक्तिशाली हो । गत शनिबार लुजोन द्वीपबाट सुरु भएको शक्तिशाली आँधीबाट घरहरू क्षतिग्रस्त भएको विद्युत् लाइन अवरुद्ध भएको थियो । रूख ढलेका र पहिरो पनि गएको थियो ।

आँधीबाट कृषि क्षेत्रमा २६ करोड ४३ लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको राष्ट्रिय प्रकोप व्यवस्थापन परिषद्ले जनाएको छ । फिलिपिन्समा यस वर्ष आएको यो १५आँै आँधी हो । हाल आएको म्यांकुट अत्यन्त शक्तिशाली आँधीका रूपमा छ । यस वर्षको अन्त्यसम्म अझै पनि चार या पाँचवटा आँधी आउने फिलिपिन्सको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता बेनिग्नो दुरानाले गत सोमबार प्रकाशित विज्ञप्तिका अनुसार मृतक संख्या ६५ पुगेको थियो । उपचारका क्रममा घाइतेहरू मारिएका र बेपत्ताको शव फेला परेपछि बुधबार म्यांकुटबाट मारिनेको संख्या ८१ पुगेको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

आँधीका कारण फिलिपिन्सका लाखौँ मानिस प्रभावित भएका छन् । आँधीपछि गएको भूक्षयका कारण यस क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाई यात्रामा रोक लगाइएको छ भने विद्यालय बन्द गरिएका छन् ।मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफुन ‘हाइयान’ का कारण ६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?