कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सियो भेटिए पछि स्ट्रबेरी फ्याक्दै अष्ट्रेलियाका किसान

सियो स्क्यान गर्न मेटल डिटेक्टर
नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाका किसानहरुले व्यवसायिक रुपमा उत्पादन गरेका स्ट्रबेरी नष्ट गर्न बाध्य भएका छन् । यहाँ उत्पादन स्ट्रबेरीमा लुगा सिउने सियो भेटिएपछि बजारमा बिक्रि घट्दा किसानहरु स्ट्रबेरी नष्ट गर्न बाध्य बनेका हुन् ।

सियो भेटिए पछि स्ट्रबेरी फ्याक्दै अष्ट्रेलियाका किसान

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र विपक्षी दलका नेता बिल सर्टन्ले सर्वसाधारणलाई स्ट्रबेरी खरिद गरेर किसानलाई सहयोग गर्न आग्रह गरेका छन् ।

करिब दुई साताअघि क्यून्सल्याण्डबाट देखिएको यो समस्या अहिलेसम्म यो समस्या अष्ट्रेलियाका ६ राज्यमा देखिएको छ । बजारबाट खरिद गरिएको स्ट्रबेरीमा सियो भेटिए पछि अहिले प्रहरी अनुसन्धानमा लागिपरेको छ । किसानहरु अत्यन्तै पीडित भएको र उत्पादन गरिएको स्ट्रबेरीले बजार नपाएपछि क्यून्सल्याण्ड सरकारले १ मिलियन डलर र केन्द्रीय सरकारले १ मिलियन डलर सहयोगको घोषणा गरिसकेका छन् । यसैगरी स्ट्रबेरीमा सियो राख्ने दोषीको बारेमा जानकारी दिनेलाई १ लाख डलर पुरस्कारको घोषणा समेत गरिएको छ ।

अष्ट्रेलियामा पहिलोपटक देखिएको यो समस्यालाई यहाँका किसानहरुले ‘व्यवसायिक आतंकवाद’ को संज्ञा दिएका छन् । क्यून्सल्याण्ड राज्यको स्ट्रबेरी उत्पादन गर्ने किसानहरुको संस्थाका उपाध्यक्ष एड्रियन स्क्ल्जले यस कार्यलाई व्यवसायिक आतंकवादको संज्ञा दिदै आफूहरुलाई घुँडा टेकाउने प्रयास भएको बताएका छन् । अर्काेतिर प्रधानमन्त्री मरिसनले समस्या चर्किदै गएपछि खानेकुराहरुमा हेलचेक्रयाईं गर्नेलाई १५ वर्षसम्मको जेल सजाय हुने कानुन बनाउने घोषणा गरेका छन् । उनले आउँदो साता संसद्बाट पास गरेर कानुनलाई ब्यवहारमा लागु गर्ने बताएका छन् ।

स्ट्रबेरीभित्र सियो देखिएपछि यहाँका मुख्य वितरकहरुले बजार पठाउनुअघि मेटल डिकेक्टरले स्क्यान गर्न सुरु गरेका छन् । उनीहरुले ग्राहकहरुको सुरक्षा आफ््नो प्राथमिकता रहेको भन्दै स्ट्रबेरीलाई स्क्यान गर्न सुरु गरेका भएपनि अहिलेसम्म पहिलेको तुलनामा ग्राहक पाउन भने सकेका छैनन् । अर्काेतिर ‘कपीक्याट’ (अरुले गरेको कार्यलाई दोहऱ्याउने) प्रवृत्तिका कारण समस्या थप चर्किएको बताइएको छ ।

बजार नपाएपछि अहिले अष्ट्रेलियाको स्ट्रबेरी खेतीको ब्यवसायमा नै समस्या परेको छ । दर्जनौ कृषकहरुले आफूले लगाएको बाली नष्ट समेत गर्नुपरेको छ भने कामदारहरुलाई बिदा दिन थालेका छन् । समस्या देखिएका सबै राज्यहरुमा रहेका प्रहरीहरुले अनुसन्धान सुरु गरिसकेको छ ।

प्रकाशित : आश्विन ४, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?