‘किम परमाणु नि:शस्त्रीकरण चाहन्छन्’

बीबीसी

सोल — दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले उत्तर कोरियाली नेता किम जोङ–उन परमाणु नि:शस्त्रीकरणको प्रक्रिया छिटो टुंग्याउन चाहेको बताएका छन् ।

‘किम परमाणु नि:शस्त्रीकरण चाहन्छन्’

उत्तर कोरियाको ऐतिहासिक तीनदिने भ्रमण सकेर स्वदेश फर्केका मुनले ‘त्यसका लागि किम छिट्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रोपटक भेटवार्ताका लागि इच्छुक रहेको’ बताए । मुनले आफूसँगको भेटमा किमले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पुन: प्योङयाङ भ्रमण गरून् भन्ने पनि चाहेको जनाए ।

‘किमले देशलाई पूर्ण परमाणु अस्त्रविहीन बनाई आर्थिक विकास गर्ने चाहना राख्नुभएको छ,’ मुनले भने, ‘साथै उहाँले अमेरिकी विदेशमन्त्री माइक पोम्पियाले चाँडै नै प्योङयाङ भ्रमण गर्ने तथा नि:शस्त्रीकरण प्रक्रिया टुंगोमा पुर्‍याउन अमेरिकी राष्ट्रपति ट्रम्पसँग दास्रो शिखर बैठक हुने आशा पनि व्यक्त गर्नुभएको छ ।’

प्रकाशित : आश्विन ५, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?