कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तान्जानियामा डुंगा दुर्घटना, एक सय बढीको मृत्यु, दर्जनौं वेपत्ता

एएफपी

नैरोबी — तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको डुंगा दुर्घटनामा कम्तीमा एकसयजनाको मृत्यु हुनको साथै दर्जनौं वेपत्ता भएका छन् । 

तान्जानियामा डुंगा दुर्घटना, एक सय बढीको मृत्यु, दर्जनौं वेपत्ता

बेपत्ताहरुको खोजीकार्य शुरु गरिएको र उनीहरुको जीवितै उद्धारका लागि प्रयास जारी रहेको तान्जानियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।

त्यहाँको उकारा द्वीपनजिकै बिहीबार अपराह्न करिब एकसय यात्रु सवार रहेको सो डुंगा दुर्घटना भएको थियो । दर्जनौंको सङ्ख्यामा बेपत्ता रहेका व्यक्तिले ज्यान गुमाउने डर भएको उकेरेवे जिल्ला परिषदका प्रमुख जर्ज न्यामाहाले चिन्ता व्यक्त गरेकाछन् ।


तान्जानियाको सरकारी निकायका अनुसार यस डुंगामा कति व्यक्ति सवार रहेका थिए भन्ने स्पष्ट भएको छैन । डुंगा दुर्घटनाको कारण हालसम्म थाह नभएको तर यसप्रकारको दुर्घटनामा बारम्बार क्षमताभन्दा बढी व्यक्ति डुंगामा सवार रहेका कारण नै हुने गरेको सम्बन्धित अधिकारीहरुले दाबी गरेका छन् ।

प्रकाशित : आश्विन ५, २०७५ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?