२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चीनमाथि अमेरिकी प्रतिबन्ध, तत्काल नहटाए ‘गम्भिर परिणाम भोग्न’ चीनको चेतावनी

रुसी लडाकू जहाज खरिद प्रकरण
रोयटर्स

बेइजिङ — रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि सैनिक प्रतिबन्ध लगाएको छ । त्यसको प्रतिक्रियामा चीनले अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए ‘गम्भिर परिणाम भोग्न’ चेतावनी दिएको छ । 

चीनमाथि अमेरिकी प्रतिबन्ध, तत्काल नहटाए ‘गम्भिर परिणाम भोग्न’ चीनको चेतावनी

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा ‘चिन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको’ जनाएका छन् ।


वासिङटनले युक्रेन तथा अमेरिकी राजनीतिमा हस्तक्षेपकारी नीति अबलम्बन गरेपछि रुसविरुद्ध लगाइएको प्रतिबन्धको चीनले उल्लंघन गरेकाले पछिल्लो कदमा चाल्नुपरेको जनाएको छ ।

चीनले हालै रुसबाट १० वटा ‘सुखोई सु–३५’ लडाकू विमान र ‘एस–४००’ क्षेप्यास्त्र खरिद गरेको थियो । बेइजिङले सन् २०१४ मा रुसविरुद्ध अमेरिका तथा उसका साझेदारहरुले लगाएको प्रतिबन्धमा असंलग्नता जनाउँदै आएको छ ।


अत्याधुनिक हतियार उत्पादन गर्ने चीनले हवाई प्रतिरक्षा प्रणाली सुदृढ गर्नका लागि रुससँग जेट तथा क्षेप्यास्त्र खरिद गरेको देखिएको छ । अमेरिकी प्रतिबन्ध चीनभन्दा पनि रुसविरुद्ध लक्षित भएको देखिएको छ । अधिकारीहरुले वासिङटनको निर्णय रुसविरुद्ध भएको जनाउँदै आफ्नो नियत कुनैपनि देशलाई कमजोर आँक्नु नरहेको जनाएका छन् ।


तर यसले दुई देशबीचको समन्वय थप सुदृढ बनाउने बीबीसीले जनाएको छ । अमेरिकी कदमले चीनसँग हालैका दिनमा ब्यापार युद्धका कारण ब्रिग्रिएको सम्बन्ध थप चिसिने अन्तर्राष्ट्रिय सञ्चामाध्यले जनाएका छन् ।


यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०० अर्ब अमेरिकी डलर बराबरको चीनीयाँ सामानमा नयाँ कर लगाउने घोषणा गरेपछि दुई देशको सम्बन्ध थप तनावपूर्ण बनेको हो ।


हालसम्मकै ठूलो परिणामका सामानमा लगाइएको अमेरिकी कर आगामी सेप्टेम्बर २४ देखि कार्यान्वयन आउनेछ । नयाँ कर करिब ६ हजार सामानमा लागु हुने वासिङटनले जनाएको छ ।

चिनमा उत्पादित हाते झोला, धान, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको नयाँ कर नीतिको चीनले प्रतिकार गरे कर बढाएर २० प्रतिशत पुर्‍याउने चेतावनी दिएका दिएका छन् ।


ट्रम्पले नयाँ करले ‘अमेरिकाको कोषमा धेरै पैसा जम्मा हुने’ दाबी गरे । उनले त्यसका अतिरिक्त थप २ सय ६० अर्ब डलर बराबरका चीनीयाँ आयातमा कर लगाउने चेतावनी दिएका छन् । अमेरिकाले चीनबाट करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ ।


‘अमेरिकाले आगोसँग खेल्दैछ’

रुस र चीनबिरुद्ध लक्षित पछिल्ला अमेरिकी सैनिक प्रतिबन्ध विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ । रुसी विेदशमन्त्री सर्गेइ ल्याभरोभले अमेरिकी कदम ‘अस्वस्थ प्रतिप्रर्धाको अर्को कार्य’ भएको जनाए ।


उपविदेशमन्त्री सेर्गेइ र्‍याबकोभले एक विज्ञप्ति जारी गर्दै ‘अमेरिकाले आगोसँग खेल्न चाहेको’ प्रतिक्रिया दिए । ‘आगोसँग खेल्न खोज्नु मूर्खता हो, यसको परिणाम निकै भयानाक हुन सक्छ,’ उनले भने, ‘वासिङटनले रुस–अमेरिका सम्बन्ध थप तनावपूर्ण बनाएको छ ।’


प्रकाशित : आश्विन ५, २०७५ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?