१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कश्मीरमा प्रहरीको राजीनामा

सिन्ह्वा

नयाँदिल्ली — भारत अधीनस्थ कश्मीरका केही प्रहरी अधिकारीले असुरक्षाको कारण देखाई प्रहरी सेवाबाट राजीनामा दिएका छन् । उक्त क्षेत्रमा कार्यरत दुई दर्जनभन्दा बढी प्रहरी अधिकारीले पदबाट राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कश्मीरमा प्रहरीको राजीनामा

उनीहरूले पछिल्ला समय सशस्त्र हतियारधारी आतंककारी समूहका तर्फबाट भारतीय प्रहरीमाथि आक्रमण बढेको भन्दै सेवा छोड्न इच्छुक रहेको बताएका हुन् ।

उक्त क्षेत्रमा पछिल्लो समयमा अज्ञात समूहले आक्रमणका घटना बढाएपछि पछिल्ला केही दिनयता प्रहरीमाथि भएका आक्रमणबाट तीन जना वरिष्ठ प्रहरी अधिकारी नै मरिसकेका छन् । उक्त हमलापछि पछिल्लो समयमा प्रहरी सेवामा असुरक्षाको त्रास बढेको छ । प्रहरी अधिकारी नै प्रहरी सेवामा रहेर काम गर्न नसक्ने बताउन थालेका छन् ।

तर भारतको गृह मन्त्रालयले भने उक्त समाचारको खण्डन गरेको छ । मन्त्रालयले प्रहरी अधिकृतबाट त्यस्तो राजीनामा नआएको जनाएको छ । प्रहरीका अधिकारीले आफूहरूले असुरक्षाका कारण कश्मीरमा काम गर्न नसकेको भन्दै जागिरबाट मुक्ति चाहिएको भिडियोसमेत सार्वजनिक गरेका छन् । भिडियो क्लिप्स सामाजिक सञ्जालमा व्यापकता पाएपछि मन्त्रालयका तर्फबाट यो प्रतिक्रिया आएको जनाइएको छ ।

भारतको गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरी यस समाचारको खण्डन गरी ती प्रहरी अधिकारीले प्रहरी सेवामा रहेर काम गर्न इच्छुक नरहेको भनी दिएको भनिएको राजीनामालाई एउटा गलत समाचार भनेको छ ।

यो समाचार कश्मीरमा रहेर काम गरिरहेका सुरक्षा निकायविरुद्धमा आएको एउटा ‘अतिरञ्जित’ भनी मन्त्रालयले शनिबार जनाएको छ । मन्त्रालयले प्रहरीसम्बन्धी गलत समाचार आएको भनी खण्डन गरे पनि शनिबार प्रकाशित भारतीय अखबारमा भने प्राथमिकताका साथ छापिएको थियो ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?