कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

माल्दिभ्समा राष्ट्रपति निर्वाचन

एएफपी

माले — माल्दिभ्समा राष्ट्रपति चयनका लागि आइतबार मतदान भएको छ । निर्वाचनलाई क्षेत्रीय प्रतिद्वन्द्वी भारत तथा चीनले निकै चासोका साथ नियालिरहेको बीबीसीले उल्लेख गरेको छ ।

माल्दिभ्समा राष्ट्रपति निर्वाचन

निर्वाचनमा वर्तमान राष्ट्रपति अब्दुल्लाह यामिनलाई इब्राहिम मोहम्मद सोलिहबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यामिन चीन निकटस्थ राजनीतिज्ञ हुन् भने सोलिहलाई भारत तथा पश्चिमा देशको समर्थन रहेको छ । दुवै प्रतिस्पर्धीले आ–आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

युरोपेली संघ तथा अमेरिकाले निर्वाचनलाई आफूहरूले निकै चासोका साथ हेरिरहेको जनाएका छन् । उनीहरूले देशमा राजनीतिक अवस्था सुधार नभए प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा असोज १४ गतेसम्म घोषणा हुने जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?