कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

किमसँग छिट्टै दोस्रो वार्ता

एएफपी

न्युयोर्क — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् ।

किमसँग छिट्टै दोस्रो वार्ता

राष्ट्रसंघीय महासभाबारे समाचार संकलनमा खटिएका सञ्चारकर्मीसग कुराकानी गर्दै ट्रम्पले किमसँग अब हुने भेटमा आश्चर्यजनक उपलब्धि हुने दाबी गरे ।


उनले धेरै विषयमा छलफलपछि व्यापक सहमतिका आधार बनिसकेको र अर्को भेट टाढा नभएको प्रतिक्रिया दिए । ट्रम्पले भने, ‘हाम्रो दोस्रो शिखर सम्मेलन चाँडै होलाजस्तो लागेको छ ।’


दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताहरूको बैठकपछि दक्षिण कोरिया र चीनले तत्काल अमेरिकासँग फेरि वार्ता गर्न उत्तर कोरियालाई सुझाव दिएका थिए ।


दक्षिण कोरिया र चीनको सुझाव सार्वजनिक भएको केही दिनपछि राष्ट्रपति ट्रम्पले चाँडै वार्ता हुने विश्वास व्यक्त गरेका हुन् । ट्रम्प र किमबीच गत जुन १२ मा पहिलो शिखर बैठक भएको थियो ।


सिंगापुरमा भएको बैठकमा दुई नेताबीच कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने सहमति भएको थियो ।

प्रकाशित : आश्विन ९, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?