३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘इतिहासकै ठूलो व्यापार युद्ध सुरु’

२०० अर्ब डलरको सामानमा कर लगाएपछि चीन रुष्ट
रोयटर्स

बेइजिङ — अमेरिकाले करिब २ सय अर्ब डलरका चिनियाँ सामानमा कर लगाउने घोषणाको कार्यान्वयन गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

‘इतिहासकै ठूलो व्यापार युद्ध सुरु’

चिनियाँ समाचार संस्था सिन्हवाले सार्वजनिक गरेको आधिकारिक श्वेतपत्रमा चीनले ‘अन्य देसहरूमाथि व्यापारिक दमन गरेको तथा विश्व अर्थतन्त्रमाथि प्रहार गरेको’ जनाएको छ । चीनले अमेरिकाले इतिहासकै ठूलो व्यापार युद्धको सुरुवात गरेको आरोप लगाएको छ । पछिल्लो घटनाक्रमसँगै चीनले ‘अमेरिकासँग जारी व्यापार वार्ता रद्द भएको’ उल्लेख गरेको छ ।


अमेरिकी कदमपछि चीनले अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा ठालुपन देखाएको आरोप लगाएको छ । उसले वासिङटनको पछिल्लो निर्णयको जवाफमा ६० अर्ब डलर बराबरको अमेरिकी सामानमा कर लगाएको छ ।


अमेरिकाले भने दुई देशबीचको असमान व्यापार नीतिका कारण नयाँ कर लगाउन आफू बाध्य भएको जनाएका छन् । यसअघि गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध २ सय अर्ब डलरको व्यापार कर लगाउने घोषणा गरेका थिए ।


हालसम्मकै ठूलो परिणामका सामानमा लगाइएको अमेरिकी कर सोमबारदेखि कार्यान्वयनमा आएको हो । नयाँ कर करिब ६ हजार सामानमा लागू गरिएको वासिङटनले जनाएको छ । चीनमा उत्पादित हाते झोला, धान, कपडालगायत सामानमा कर लगाइएको हो । तर उसले स्मार्ट घडी तथा कुर्सीलगायतका सामानमा कर नलगाएको जनाएको छ ।


यससँगै चिनियाँ सामान निर्यात गर्ने अमेरिकी कम्पनीले १० प्रतिशत थप कर तिर्नुपर्ने भएको छ । दुई देशबीच व्यापार सहमति नभए २०१९ को सुरुवातादेखि २५ प्रतिशतसम्म कर तिर्नुपर्नेछ ।


तर चीनले भने अमेरिकाबाट निर्यात हुने साना हवाईजहाज, कम्प्युटर, लत्ताकपडालगायत सामानमा ५ प्रतिशत कर थप गरेको छ । यद्यपि, रसायन, मासु, पिठो तथा वाइनमा भने १० प्रतिशत बढाइएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर घोषणाको चीनले प्रतिकार गरे कर बढाएर २० प्रतिशत पुर्‍याउने चेतावनी दिएका थिए । ट्रम्पले नयाँ करले ‘अमेरिकाको कोषमा धेरै पैसा जम्मा हुने’ दाबी गर्दै आएका छन् ।


ट्रम्पले बेइजिङलाई असमान व्यापारिक अभ्यास सच्याउन मौका दिए पनि वास्ता नगरेकाले कर लगाउन बाध्य भएको बताएका थिए । अमेरिकी घोषणासँगै अब २ सय ५० अर्ब डलर बराबरका चिनियाँ समानमा अमेरिकी कर लागेको हो ।


यसअघि अमेरिकी करको उस्तै जवाफ दिएको चीनले ५० अर्ब डलर बराबरको अमेरिकी सामानमा कर लगाएको थियो । अमेरिकाले चीनबाट करिब ५ सय अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ ।


विश्वका दुई शक्ति राष्ट्रबीच विगत केही महिनादेखि चलिरहेको व्यापार युद्धका कारण दुवै मुलुकका जनता प्रत्यक्ष प्रभावित भएका त छन् नै उनीहरूको अर्थतन्त्रमा समेत असर पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले पछिल्लो विकास क्रमले आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको छ । कोषका प्रवक्ता गेरी राइसले कर वृद्धिले दुवै मुलुकका साथै अन्य राष्ट्रपति पनि प्रभाव पार्ने बताए ।

प्रकाशित : आश्विन ९, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?