१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मलेसिया कामदार पठाउन नयाँ विकल्प खोज्दै बंगलादेश 

रोजगार मन्त्रीसहितको टोली मलेसियामा

मलेसिया — श्रम सम्झौता मस्यौदाको छिनोफानो गर्न नेपाली सरकारी प्रतिनिधिमण्डल मलेसिया आउनु एकदिन अघि नै बंगलादेशको एक सरकारी टोली पनि मलेसिया आइपुगेको छ । 

मलेसिया कामदार पठाउन नयाँ विकल्प खोज्दै बंगलादेश 

बंगलादेशका प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्री नुरुल स्लामसहितको सरकारी टोली र मलेसियाली मानव संशाधन मन्त्री एम कुला सेगरन बीच मंगलबार पुत्रालयामा शिष्टाचार भेटवार्ता भएको छ । बंगलादेशको अंग्रेजी दैनिक द न्यु एजका अनुसार कामदार पठाउन नयाँ नीतिगत प्रणालीको बारेमा छलफल गर्न उक्त टोली मलेसिया आएको हो ।

मलेसियाको श्रमिक आपुर्तिकर्ता मुलुकमध्ये नेपाल र बंगलादेश क्रमश: दोस्रो र तेस्रो ठूला मुलुक हुन् । नेपालले श्रम सम्झौताको तयारी गरिरहँदा बंगलादेशले पनि आफ्ना कामदार मलेसिया पठाउन नयाँ वैकल्पिक प्रणालीको खोजीसहित मलेसियासँग छलफल गरेको बताइएको छ ।

मलेसियाली सरकारले सेप्टेम्बर १ देखि बंगलादेशबाट जिटूजी प्लस प्रणालीअन्तर्गत कामदार लिन रोकेको छ । उक्त प्रणालीअन्तर्गत सरकारले छानेका विभिन्न १० म्यानपावर एजेन्सीले मात्र कामदार पठाउने गरेका थिए । गत सन् २०१५ देखि उक्त प्रणालीअन्तर्गत करिब २ लाख बंगलादेशी कामदार मलेसिया पठाएको बताइएको छ ।


मलेसियाली सरकारले बंगलादेशसंग पनि एकैखालको तर भेदभावरहित भर्ना प्रणालीबाट कामदार लिन चाहेको बताइन्छ ।

मलेसियामा बंगलादेशी कामदार र नेपाली कामदार रोजगारदाताका मागका सन्दर्भमा प्रतिस्पर्धी जनशक्ति मानिन्छन् । तर बढी इमान्दारिता र लगनशिलताका कारण नेपालीहरु अन्य देशका कामदारहरुका तुलनामा रोजगारदाताहरुको बढी रोजाईमा पर्ने गरेका बताइन्छ ।

प्रकाशित : आश्विन ९, २०७५ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?