कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

शरणार्थी नलैजान म्यान्मार बहाना खोजिरहेछ : हसिना

रोयटर्स

न्युयोर्क — बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले रोहिंग्या शरणार्थी फिर्ता नलैजान म्यान्मारले नयाँ बहाना खोजिरहेको बताएकी छन् । मंगलबार न्युयोर्कमा रोयटर्सलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री हसिनाले यसै पनि बढी जनसंख्या रहेको बंगलादेशमा कुनै पनि परिस्थितिमा शरणार्थीहरू स्थायी रूपमा रहन नहुने बताइन् ।

शरणार्थी नलैजान म्यान्मार बहाना खोजिरहेछ : हसिना

रोहिंग्यालाई स्थायी रूपमा बस्न नदिने नीतिबाट बंगलादेश पछि हट्छ कि भन्ने प्रश्नमा हसिनाले भनिन्, ‘हामीसँग १६ करोड जनसंख्या पहिल्यै छ, म थप कुनै भार बोक्न सक्दिनँ, मेरो मुलुकले सक्दैन ।’


तर शरणार्थी विषयलाई लिएर म्यान्मारसँग लड्न नचाहेको उनको भनाइ छ । तर नोबेल पुरस्कार विजेता आङ सान सुकी तथा सैनिक लगायतका म्यान्मारका नेताहरूसँगको धैर्यता झिनो हँुदै गइरहेको पनि उनले बताइन् । यसअघि बंगलादेशले शरणार्थी फिर्ता लैजानेसम्बन्धी सहमति पालनाका लागि म्यान्मारलाई दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो ।

‘उनीहरू सबै कुरामा सहमति जनाउँछन् तर दुर्भाग्यवश कार्यान्वयन गर्दैनन्, यही नै समस्या हो,’ उनले भनिन्, ‘सबै कुरा मिलिसकेको छ तर हरेक समय उनीहरू केही नयाँ बहाना खोज्ने प्रयास गर्छन्,’ उनले भनिन् । म्यान्मारले भने शरणार्थी फिर्ता लैजान तयार रहेको र फर्कनेबित्तिकै उनीहरूलाई राख्न ट्रान्जिट सेन्टर बनाइसकिएको जनाएको छ । तर बंगलादेशले सही रूपमा अधिकारीहरू उपलब्ध नगराएको म्यान्मारको दाबी छ । बंगलादेशले आरोप अस्वीकार गरेको छ । राष्ट्रसंघ निकायहरूले भने शरणार्थी फिर्ता सुरक्षित नहुने जनाएका छन् ।


शरणार्थी फिर्तीमा ढिलाइ भएपछि बंगलादेशले शरणार्थी राख्न दुर्गम टापु भासनचारमा नयाँ संरचना बनाउने तयारी गरेको छ । तर अधिकारकर्मीहरूले भने उक्त स्थान बाढीको जोखिममा रहेको चेतावनी दिएका छन् । अहिले उनीहरू बसेको कोक्स बजार पनि बाढीको जोखिम क्षेत्र हो ।


प्रधानमन्त्री हसिनाले भने मुख्य भूमिमा शरणार्थीका लागि पक्की संरचना बनाउन सम्भव नरहेको र अस्वीकार्य रहेको बताइन् ।

प्रकाशित : आश्विन ११, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?