कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शरणार्थी फिर्तीमा म्यान्मारको बेवास्ता

सिन्ह्वा

न्युयोर्क — बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो देशमा शरण लिइरहेका रोहिंग्यालाई फिर्ता नलगेको भन्दै म्यान्मारको चर्को आलोचना गरेकी छन् ।

शरणार्थी फिर्तीमा म्यान्मारको बेवास्ता

राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले शरणार्थीलाई चाँडै स्वदेश फिर्ता लैजान म्यान्मार गम्भीर नभएको आरोप लगाइन् ।


उनले वर्ष दिन बितिसक्दा पनि म्यान्मारले आफ्ना नागरिकलाई स्वदेश फर्काउनेबारेमा कुनै भरपर्दाे पहल नगरेको भन्दै दु:ख व्यक्त गरिन् । उनले भनिन्, ‘म्यान्मार पनि हाम्रो छिमेकी नै हो र हामीले विगत लामो समयदेखि नै रोहिंग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्न भरपर्दाे र शान्तिपूर्ण समाधान पनि खोजेका छौं । तर त्यसो हुन सकिरहेको छैन ।’

प्रकाशित : आश्विन १३, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?