कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कारको घोषणा

साहित्यतर्फ नदिइने
सिन्हवा

स्टकहोम — दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । 

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कारको घोषणा

कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।


दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जनाएको छ ।


यसैबीच, स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ ।


स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ ।


आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य रहेकी छिन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ । यिनै दुईवटा विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको छ ।


बलात्कारको आरोप नोभेम्बर २०१७ मा उठेको थियो । हलिउडका चर्चित व्यक्तित्व हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा दोषी पाइएसँगै साहित्यकार आर्नोल्टको मुद्दा सार्वजनिक भएको हो ।


स्वीडेनको दैनिक अखबार डाजेन्स न्यीटरले आर्नोल्टमाथि १८ जना महिलाले बलात्कार, यौनशोषण वा तनाव दिएको दाबी गरेको खबर छापेको थियो ।

प्रकाशित : आश्विन १५, २०७५ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?