१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इन्डोनेसियामा दुई लाख सहयोगको पर्खाइमा

एएफपी

जाकार्ता — इन्डोनेसियामा शुक्रबार गएको भूकम्पछिको सुनामीका कारण प्रभावितमध्ये एक लाख ९१ हजारलाई तत्काल सहयोगको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ ।

इन्डोनेसियामा दुई लाख सहयोगको पर्खाइमा

राष्ट्रसंघले उनीहरूलाई अत्यावश्यक मानवीय सहायता तत्काल आवश्यक परेको उल्लेख गर्दै सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।


इन्डोनेसियाको सुलावेसी टापुमा भूकम्पपछिको सुनामीका कारण हालसम्म कम्तीमा ८ सय ४४ को ज्यान गइसकेको अधिकारीले जनाएका छन् । प्रभावितमध्ये ४६ हजार बालबालिका तथा १४ हजार वृद्धवृद्धा छन् ।

भूकम्प तथा सुनामीका कारण हालसम्म १६ लाखभन्दा बढी प्रभावित भएका छन् । राष्ट्रसंघीय अधिकारीले मानवीय सहायताका लागि विश्वभरबाट समन्वयकारी काम भइरहेको जनाउँदै थप सहयोग गर्नसमेत आग्रह गरेको छ ।

इन्डोनेसियाको विपत् व्यवस्थापन निकायले अझै कतिपय मानिसको उद्धारमा कठिनाइ भइरहेको जनाएको छ । इन्डोनेसियाको तटीय क्षेत्रमा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसलगत्तै ६ मिटर अग्ला सुनामीका छाल आएपछि तटिए सहर पालु ध्वस्त भएको थियो ।

प्रकाशित : आश्विन १६, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?