क्याटलोनियामा फेरि प्रदर्शन

एएफपी

बार्सिलोना — स्पेनको क्याटलोनियालाई छुट्टै राज्य बनाउन माग गर्दै आएका पृथकतावादीले सोमबार सडक तथा रेलमार्ग अवरुद्ध गरेका छन् ।

क्याटलोनियामा फेरि प्रदर्शन

प्रदर्शनकारीहरूले मुख्य–मुख्य सडक र उच्च गतिको रेल सेवा सञ्जालमा अवरोध गर्दै विरोध गरेका हुन् । क्याटालोनियाले गतवर्षको अक्टोबर एकमा छुट्टै राज्य घोषणाका लागि जनमतसंग्रह गरेपछि स्पनेमा राजनीतिक संकट छाएको हो । जनमतसंग्रहपछि क्षेत्रीय संसद्मा स्पेनको केन्द्र सरकारले हस्तक्षेप गरेको थियो ।


उक्त कदमको विरोध गर्दै प्रदर्शन गरिएको क्षेत्रीय नेताहरूले बताएका छन् । ‘सबै कुरा अक्टोबर १ मा सुरु हुन्छ र विवाद फर्केर अक्टोबर १ मै पुग्छ,’ विरोध प्रदर्शनका क्रममा क्याटालोनिय सरकारका अध्यक्ष क्विम टोराले भने । उनले क्याटलोनियाको उत्तरी क्षेत्रमा पर्ने सान्त जुलिया डे रामिसमा एक समारोहलाई सम्बोधन गर्दै राज्यको स्वतन्त्रताको माग नभुल्न आग्रह गरेका थिए । उनले सम्बोधन गरेको मञ्चमा राखिएको सेतो र कालो ब्यानरमा ‘नभुलौं नभुलौं’ लेखिएको थियो । प्रदर्शनकारीले गिरोनामा करिब १० किलोमिटर सडक तथा रेलमार्गमा करिब ३ घण्टा अवरोध पुर्‍याएका थिए । प्रदर्शनका कारण बार्सिलोना तथा फिगुरेजमा समेत आवतजावतमा प्रभाव परेको थियो ।

प्रकाशित : आश्विन १६, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?