२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

भौतिक शास्त्रको नोबेल ५५ वर्षपछि महिलालाई

बीबीसी

स्टकहोम — यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ५५ वर्षपछि पहिलो पटक महिलालाई प्रदान गरिने भएको छ । उनी यो पुरस्कार पाउने तेस्रो महिला हुन् ।

भौतिक शास्त्रको नोबेल ५५ वर्षपछि महिलालाई

क्यानडाकी डोन्ना स्ट्रिकल्यान्डसहित ३ जनालाई सन् २०१८ को भौतिक शास्त्रतर्फको पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ । स्ट्रिकल्यान्डसँगै पुरस्कार प्राप्त गर्नेमा अमेरिकाका आर्थर अस्किन र फ्रान्सका जेरार्ड मौरोउ छन् ।


उनीहरूलाई भौतिक शास्त्रमा ‘लेजर’ को अन्वेषणका लागि पुरस्कार प्रदान गरिएको हो । अस्किनले ‘अप्टिकल टीजर्स’ भनिने जीवाणु प्रणालीमा प्रयोग हुने लेजर प्रविधिको विकास
गरेका छन् ।


त्यसैगरी मौरोउ र स्ट्रिकल्यान्डले उच्च प्रगाढताका साथै निकै धडनका लेजरको विकास गरेका छन् । उक्त प्रविधि आँखामा गरिने लेजर शल्यक्रियामा उपयोग हुँदै आएको छ । पुरस्कार राशि ९० लाख डेनिस क्रोनर अर्थात् ९ लाख ९८ हजार डलर रहेको छ ।


पुरस्कार घोषणालगत्तै स्ट्रिकल्यान्डले ‘आफूलाई सुरुमा प्रत्यार नलागेको’ बताइन् । उनले भनिन्, ‘यो निकै खुसीको क्षण हो ।’ उनी क्यानडाको वाटरलु विश्वविद्यालयमा आवद्ध छन् । उनले जेरार्ड आफ्नो सुपरीवेक्षक भएकाले उनीसँग पुरस्कार बाँडेर लिन पाउनु झन् हर्षको कुरा भएको बताइन् ।


उनले भनिन्, ‘जेरार्डले यसअघि निकै धेरै अन्वेषणहरू गरिसकेका छन् । यसपालि उनलाई सम्मानित गरिनु निकै राम्रो कुरा हो ।’


यसअघि उक्त पुरस्कार प्राप्त गर्ने पछिल्लो महिला जर्मन मूलकी अमेरिकी भौतिक शास्त्री मारिया गोयपर्ट मायर हुन् । उनले सन् १९६३ मा भौतिक शास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको थियो । सन् १९०३ मा यो पुरस्कार पहिलो पटक मेरी क्युरीले पाएकी थिइन् ।

प्रकाशित : आश्विन १७, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?