कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानका प्रतिपक्षी नेता सहवाज पक्राउ

एएफपी

इस्लामाबाद — पाकिस्तानका प्रतिपक्षी दलका नेता सहवाज सरिफलाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको छ । उनलाई भ्रष्टाचारविरोधी निकाय ‘नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी)’ ले शुक्रबार पक्राउ गरेको हो । 

पाकिस्तानका प्रतिपक्षी नेता सहवाज पक्राउ

सहवाज पूर्व प्रधानमन्त्री नवाज सरिफ परिवारबाट भ्रष्टाचार आरोप लाग्ने पछिल्लो सदस्य हुन् । सहवाजको दल पूर्व क्रिकेट खेलाडी इमरान खानको दलसँग हालै भएको निर्वाचन पराजित भएको थियो ।


उनीमाथि पाकिस्तानको पञ्जाब प्रान्तमा गुणस्तरहीन ‘आसियाना हाउजिङ स्किम’ का नाममा १४ खर्ब डलर अनियमितता गरेको अभियोग लगाइएको एनएबी प्रमुख शाहजाद सालिमले बताए । उनी पञ्जाबका पूर्व मुख्यमन्त्री हुन् ।


सालिमले पञ्जाबका सहवाजलाई अदालतमा कहिले उपस्थित गराइनेछ भन्नेबारे केही बताएनन् । सहवाजको दल पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल एन) ले घटनाप्रति आपत्ति जनाएको छ ।


‘हामीले उनको पक्राउबारे वास्तविकता संकलन गरिरहेका छौं, साथै नेतृत्वबीच छलफल गरी आगामी रणनीति बनाउनेछौं,’ पीएमएल एन प्रवक्ता मालिक अहमद खानले बताए ।


पाकिस्तानको भ्रष्टाचारविराधी अदालतले गत जुलाईमा पीएमएल एनका नेता तथा पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अवैध रूपमा बेलायतमा सम्पत्ति राखेको ठहर गर्दै १० वर्ष जेलसजाय सुनाएको थियो ।


तर गत महिना उनकी धर्मपत्नीको बेलायतमा निधन भएपछि सरिफको पुनरावेदनलाई विचाराधीन अवस्थामा राख्दै जेलबाट रिहा गरिएको थियो ।


पानामा पेपर्सले सरिफ परिवारले पदको दुरुपयोग गरी अकुत सम्पत्ति जम्मा गरेको खुलासा गरेको थियो । त्यसलगत्तै अदालतले सरिफलाई राजनीतिमा अयोग्य ठहर गरेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।


प्रकाशित : आश्विन १९, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?