‘ट्रम्प–किम वार्ता चाँडै’

एएफपी

टोकियो — अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको दोस्रो शिखर वार्ता चाँडै हुने बताएका छन् ।

‘ट्रम्प–किम वार्ता चाँडै’

पोम्पियोले दुई नेताबीचको वार्ताको वातावरण मिलाउन आफू उत्तर कोरियाको भ्रमणमा जान लागेको बताए । उनी शनिबार जापानको राजधानी टोकियो आइपुगेका हुन् ।


‘मेरो भ्रमणको उद्देश्य अमेरिका र उत्तर कोरियाबीच प्रशस्त विश्वास बढाउनु रहनेछ ।’ टोकियो विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै पोम्पियोले भने, ‘त्यसपछि हामी अर्को शिखर सम्मेलन गर्दै छौं ।’

उनले भने, ‘मेरो भ्रमण आगामी शिखर सम्मेलनको तयारी, स्थान र समय तय गर्न महत्त्वपूर्ण हुनेछ ।’ ट्रम्प र किमबीच गत जुन १२ मा सिंगापुरमा पहिलो शिखरवार्ता भएको थियो ।

प्रकाशित : आश्विन २१, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?