कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतमा रेल दुर्घटनामा परी ६ जनाको मृत्यु

रासस/सिन्ह्वा

नयाँ दिल्ली — भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुँदा त्यसमा सवार ६ जनाको मृत्यु भएको छ ।

भारतमा रेल दुर्घटनामा परी ६ जनाको मृत्यु

साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेर जानकारी दिइएको छ । सो दुर्घटना रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ ।


न्यु फरक्का एक्सप्रेस रेल सेवाको एक रेलका ८ ओटा डिब्बा रेलमार्गबाट बाहिर निस्किएपछि दुर्घटना भएको थियो । त्यसमा परी ६ जनाको ज्यान गएको छ भने अरु ३० घाइते भएका छन्। उक्त रेल सेवाका अधिकारीहरुले रेल दुर्घटनाको कारण खोजी भइरहेको जानकारी दिएका छन् ।

उक्त रेल दुर्घटनापछि भएको क्षति र उद्धार कार्यका दृश्यहरु स्थानीय टेलिभिजनहरुले देखाएका छन् । उक्त रेल भारतको राजधानी नयाँ दिल्लीबाट पश्चिम बंगालको माल्दा सहरतर्फ जाँदै गरेको थियो ।

रेल सेवाका अधिकारीले दुर्घटनाको छानबिनका लागि एक समिति गठन गरिएको जानकारी दिएका छन् ।

प्रकाशित : आश्विन २४, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?