‘मी टु’ अभियान : विदेश राज्यमन्त्रीमाथि पनि दुर्व्यवहारको आरोप

एजेन्सी

नयाँदिल्ली — भारतमा महिला हिंसाविरुद्धको ‘मी टु’ अभियान चलिरहेका बेला विदेश राज्यमन्त्री एमजे अकबरलाई पनि ‘हिंस्रक व्यवहार’ गरेको आरोप लागेको छ  ।

‘मी टु’ अभियान : विदेश राज्यमन्त्रीमाथि पनि दुर्व्यवहारको आरोप

बैठकमा नाममा महिलालाई होटलको कोठामा बोलाएर दुव्र्यवहार गरेको आरोप उनीमाथि लागेको हो । यसबारेमा अकबर तथा विदेश मन्त्रालयले बुधबारसम्म प्रतिक्रिया दिएका छैनन् । केन्द्रीय महिला एवं बाल कल्याण मन्त्री मेनका गान्धीले भने राजनेतामाथि लागेको आरोपबारे छानबिन हुनुपर्ने बताएकी छन् । अकबर भारतका प्रभावशाली सम्पादक मानिन्छन् ।

उनी द टेलिग्राफ तथा द एसियन एजका सम्पादक तथा इन्डिया टुडेका एडिटोरियल डाइरेक्टर रहिसकेका छन् । अकबरको नाम सबैभन्दा पहिले वरिष्ठ पत्रकार प्रिया रमानीले लिएकी थिइन् । उनले एक वर्ष पहिले भोग इन्डियाका लागि लेखेको लेख रिट्वीट गर्दै उत्पीडनको अनुभव सार्वजनिक गरेकी थिइन् । रमानीले आफ्नो मूल लेखमा अकबरको नाम लिएकी थिइनन् । तर सोमबार ट्वीट गर्दै उक्त लेख अकबरकै बारेमा भएको खुलासा गरेकी हुन् । रमानीपछि अन्य ५ महिलाले पनि राज्यमन्त्री अकबरसँग जोडिएका आफ्ना अनुभव सार्वजनिक गरेका छन् ।


पत्रकार रमानीले उक्त लेखमा आफू २३ वर्षको हुँदा अकबरले जागिरको अन्तर्वार्ताका लागि मुम्बई होटलमा बोलाएको उल्लेख गरेकी छन् । नाम सार्वजनिक गर्न नचाहेकी अर्की एक पत्रकारले पनि अकबरले होटलको बेडमा बसेर अन्तर्वार्ता लिएको र त्यसपछि मदिरा सेवन गर्न अफर गरेको बताएकी छन् । अर्की पत्रकार प्रेरणासिंह विन्द्राले अकबरको यौन प्रस्ताव अस्वीकार गर्दा आफ्नो जीवन नरक बनाएको टिप्पणी गरेकी छिन् ।

प्रकाशित : आश्विन २५, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?