१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्याली

रासस/एएफपी

सिकागो — अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । 

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्याली

आउँदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले 'निलोलाई मतदान' लेखेका ठूला ब्यानर पनि फहराएका थिए ।


प्रदर्शनकारीहरुले ट्रम्पलाई 'महिला विरोधी एजेण्डा' बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए ।


निर्वाचन लक्षित र्याली डाउनटाउन पार्कबाट सुरु भएको थियो । र्यालीमा सहभागीहरुलाई डेमेक्राट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियो मार्फत् सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेकी थिइन् ।


ट्रम्प प्रशासनलाई उत्तरदायी र जिम्मेवार बनाउन आफ्नो पक्षलाई जिताउनु पर्ने उनको भनाई थियो ।

प्रकाशित : आश्विन २८, २०७५ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?