३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘अमेरिकाले इरानी सत्ता परिवर्तन प्रयास गर्दैछ’

रोयटर्स

तेहरान — इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकाले इरानको सत्ता परिवर्तन गर्ने प्रयास गरिरहेको जनाएका छन्  ।
राज्य नियन्त्रित टेलिभिजनमा आइतबार बोल्दै रौहानीले इरानले ४० वर्षयता अमेरिकासँग सबैभन्दा शत्रुतापूर्ण सम्बन्ध रहेको बताए  ।

‘अमेरिकाले इरानी सत्ता परिवर्तन प्रयास गर्दैछ’

उनले भने, ‘४० वर्षमा इरान, इरानी जनता र इस्लामिक गणतन्त्रविरुद्ध योभन्दा खराब अवस्था थिएन ।’

रौहानीले अमेरिकाले ‘मनोवैज्ञानिक र आर्थिक युुद्धमार्फत इस्लामिक गणतन्त्र इरानको वैधानिकतामाथि प्रश्न खडा गर्ने प्रयास गरेको’ आरोप लगाए ।

अमेरिकाले इरान सम्मिलित बहुपक्षीय परमाणु सम्झौताबाट गत मेमा अलग हुने निर्णय लिएपछि इरानी राष्ट्रपति हसन रौहानी२ देशबीचको सम्बन्ध थप चिसिएको हो । त्यसयता वासिङ्टनले इरानमाथि लगाउँदै आएको आर्थिक प्रतिबन्ध थप कडा पारेको छ ।

यसअघि रौहानले गतमहिना एहवाज सहरमा सैनिक परेडमाथि भएको आक्रमणमा अमेरिका दोषी रहेको दाबी गरेका थिए । उनले अमेरिकाले खाडी देशहरूको सहयोगमा उक्त आक्रमण गरेको बताएका थिए ।

परेडमा संलग्न सैनिक तथा अवलोकन गरिरहेका सर्वसाधारणमाथि भएको आक्रमणमा एक बालिकासहित २५ को ज्यान गएको थियो । चार आक्रमणकारीलाई भने सुरक्षाकर्मीले मारिदिएका थिए ।

उनले खाडी क्षेत्रका कठपुतली सरकारलाई अमेरिकाले सहयोग गर्नुका साथै अपराधका लागि आवश्यक सामग्री दिएर भडाइरहेको बताएका थिए । त्यसैगरी, इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले ‘अमेरिकाको इसारामा कठपुतली’ ले इरानमा असुरक्षा बढाइरहेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?