१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

जिम म्याटिस डेमोक्रयाट जस्तो : ट्रम्प

एएफपी

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री जिम म्याटिसलाई ‘डेमोक्रयाटजस्तो’ भएको भन्दै जिम्मेवारीबाट बिदा दिने बताएका छन्  । म्याटिसलाई ट्रम्प मन्त्रिपरिषदको स्थिर तथा स्वतन्त्र सदस्यमध्ये एक सदस्यका रूपमा लिने गरिन्थ्यो  ।

जिम म्याटिस डेमोक्रयाट जस्तो : ट्रम्प

अमेरिकी पत्रिका सीबीएसलाई दिएको अन्तर्वार्तामा ट्रम्पले म्याटिसलाई बिदा दिन सकिने बताएका हुन् ।


करिब ६० मिनेट लामो अन्तर्वार्तामा ट्रम्पले भने, ‘मेरो विचारमा उहाँ डेमोक्रयाटजस्तो हुनुहुन्छ त्यसैले उहाँले बिदा लिन पनि सक्नुहुन्छ ।’ यद्यपि, ट्रम्पले जनरल म्याटिस निकै असल व्यक्ति भएको भन्दै प्रशंसा गर्न भने छुटाएनन् । उनले भने, ‘हामी सँगसँगै र राम्रो सम्बन्धका साथ काम गर्‍यौं । उहाँले छोड्न पनि सक्नुहुन्छ । किनकि कुनै समय सबैले छाड्नैपर्छ ।’ ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतबाट निक्की हलीको राजीनामापछि मन्त्रिमण्डलमा केही परिवर्तन गर्न चाहेको बताएका थिए ।


उनले भने, ‘मैले परिवर्तन चाहन्छु । यो मेरो अधिकारको कुरा पनि हो । मसँग अहिले धेरै असाधारण व्यक्ति प्रशासनमा आउन आतुर छन् । उनीहरूले अमेरिकी नागरिकको हितमा असाधारण काम गरेर देखाउने छन् ।’


ट्रम्पले ‘मन्त्रिमण्डलका सदस्य उत्कृष्ट भए पनि केहीको कामप्रति खुसी नभएको बताए । उनले भने, ‘उनीहरूको सट्टामा अन्य राम्रा व्यक्तिले मौका पाउन सक्छन् ।’

प्रकाशित : आश्विन ३०, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?