पञ्जाबमा दशहरा मेला हेर्न जम्मा भएकाहरुको भीडमा रेल दौडिँदा कम्तीमा ६० जनाको मृत्यु

बीबीसी

पञ्जाब — भारतको उत्तरी राज्य पञ्जाबको अमृतसरमा एउटा रेल रावण दहनको मेला हेर्न जम्मा भएका मानिसहरूको भिडको बीचबाट दौडिँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

पञ्जाबमा दशहरा मेला हेर्न जम्मा भएकाहरुको भीडमा रेल दौडिँदा कम्तीमा ६० जनाको मृत्यु

हिन्दु धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिग नजिकै मानिसहरू भेला भएका थिए । प्रत्यक्षदर्शीहरूले पुत्ला जलाइन लागेको भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन् । सो घटनामा ज्यान गुमाउनेहरूको संख्या बढ्न सक्ने आशंका गरिएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित : कार्तिक ३, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?