कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

म्यान्मारका उच्च सैनिकमाथि प्रतिबन्ध

एएफपी

सिड्नी — अस्ट्रेलियाली सरकारले रोहिंग्या जातीय समूहमाथि बर्बर हिंसा मच्चाएको आरोपमा म्यान्मारका ५ उच्च सैनिक अधिकृतलाई प्रतिबन्धको घोषणा गरेको छ । 

म्यान्मारका उच्च सैनिकमाथि प्रतिबन्ध

अमेरिका र युरोपेली युनियनले झैं अस्ट्रेलियाले ५ अधिकृतको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो । अस्ट्रेलियाका विदेशमन्त्री मराइज पेनले रोहिंग्या मुद्दामा मुख्यरुपमा दोषी ठहर गरिएका अधिकृतमा आङ क्या जा, माउङ माउङ सो, आङ आङ, थान ऊ र खिन माउङ सो रहेको जानकारी दिए ।


ती पाँचै अधिकृतलाई अस्ट्रेलिया भ्रमण गर्न पनि निषेध गरिएको छ । यीमध्ये केही अधिकृतले सैनिक सेवाबाट अवकाश पाइसकेको बताइन्छ ।


म्यान्मारको दक्षिणपश्चिम रखाइन राज्यबाट सन् २०१६ मा म्यान्मारको सेनाले करिब ७ लाख रोहिंग्यालाई देश छाड्न बाध्य बनाएको थियो । यसक्रममा सेनाले धेरैलाई गैरन्यायिक हत्या गर्नुका साथै बलात्कार र गाउँमा आगजनी गरेको मानवअधिकारकर्मीहरुले आरोप लगाउँदै आएका छन् ।

प्रकाशित : कार्तिक ६, २०७५ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?