कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खसोग्गीको हत्यारालाई कठघरामा उभ्याइनेः साउदी अरब

रासस/एएफपी

रियाद — पत्रकार जमाल खसोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ । 

खसोग्गीको हत्यारालाई कठघरामा उभ्याइनेः साउदी अरब

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ,'पत्रकार खसोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ ।'


राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रिपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ,'साउदी अरबले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सम्लग्न सबैलाई कानून बमोजिम सजाय दिइनेछ ।'


खसोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महाबाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ ।

प्रकाशित : कार्तिक ७, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?