कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘खसोग्गी हत्या पूर्वनियोजित’

सामाजिक सञ्जालमा साउदी राजकुमार सलमानको आलोचना
रोयटर्स

अंकारा/वासिङ्टन — साउदी अरबका महान्यायाधिवक्ताले पत्रकार जमाल खसोग्गीको हत्या पूर्वनियोजित भएको बताएको साउदी सञ्चारमाध्यमले जनाएको छ ।

‘खसोग्गी हत्या पूर्वनियोजित’

साउदी प्रसारण संस्था अल–एखबरियाले बिहीबार साउदी अरब र टर्कीका अधिकारीको संयुक्त कार्यदलको प्रयासमा उक्त प्रमाण भेटिएको जनाएको हो । संस्थाले खसोग्गीको हत्याबारे छानबिन तथा शंकास्पद व्यक्तिहरूसँग सोधपुछ भइरहेको जनाएको छ ।

खसोग्गी गत अक्टोबर २ देखि टर्कीस्थित साउदी कन्सुलेट कार्यालयबाट बेपत्ता भएका हुन् । उनको हत्या साउदी अरबले गरेको टर्कीको दाबी छ । तर साउदीले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । खसोग्गी साउदी राजकुमार सलमानका नीतिका कडा आलोचक थिए ।

साउदी प्रेस संस्थाले बिहीबार राजकुमार मोहम्मद बिन सलमानले खसोग्गीको हत्यापछि पहिलोपटक गुप्तचर संस्थाको सुधार गर्न गठिन समितिको बैठकको अध्यक्षता गरेको जनाएको छ ।

साउदीले हालसम्म राजकुमारका दुई प्रमुख सल्लाहकारलाई बर्खास्त गरिसकेको छ भने १८ जना पक्राउ परेका छन् । सलमानले हत्यामा आफ्नो संलग्नता पटकपटक अस्वीकार गरेका छन् । साउदी अरबले अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) ले खसोग्गी हत्याबारेको रेकर्डिङ सुनेको जनाएको छ । गिना हास्पेलले यसै साता टर्की भ्रमणका क्रममा उक्त श्रव्य सामग्री सुनेकी जनाइएको छ ।

यसअघि बुधबार राजकुमार सलमानले खसोग्गी हत्यामा जिम्मेवार जोसुकैलाई कारबाही गर्ने बताएका थिए । तर टर्कीका सञ्चारमाध्यमले खसोग्गी हत्यामा सलमानका मुख्य सहयोगीको हात रहेको बताउँदै आएका छन् ।

राजकुमारले खसोग्गीका छोरा सलाहलाई बुधबार भेट गर्दै उनको परिवारमाथि परेको शोकको लागि संवेदना व्यक्त गरेको जनाइएको थियो । भेटेका छन् । रियादस्थित यमामाह शाही दरबारमा भएको भेटमा जमालका भाइ सहेल पनि सहभागी थिए ।

तर साउदी साउदी राजकुमार र सलाहबीच हात मिलाएको तस्बिर प्रायोजित भएको भन्दै आलोचना भएको छ । खसोग्गी परिवारसँग निकट स्रोतले सलाहलाई केही दिनदेखि देशबाहिर जान प्रतिबन्ध लगाइएको बताएको समाचार संस्था एपीले जनाएको छ ।

मध्यपूर्वमा मानवअधिकार क्षेत्रमा क्रियाशील फादी अल–कदीले टीटरमा ‘जमाल खसोग्गीको छोरा सलाहलाई आफ्नो पितालाई मारेको शंकास्पद व्यक्तिसँग हात मिलाउन बाध्य पारिएको’ जनाएका छन् । साउदी ऊर्जामन्त्री खालिद अल–फलिहले मंगलबार खसोग्गीको हत्या ‘घृणित’ कार्य भएको बताउँदै ‘केही दिनयता साउदी अधिराज्य अफ्टेरोमा परेको’ दाबी गरे ।

प्रकाशित : कार्तिक ९, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?