अत्याधिक मापसे गरेर विमान उडाउन गएका जापानी पाइलट हिथ्रो विमानस्थलमा पक्राउ

बीबीसी

बेलायत — एकजना जापानी पाइलट अत्याधिक मादिरा पिएर विमान उडाउन विमानस्थल पुगेपछि बेलायतको हिथ्रो विमानस्थलमा पक्राउ गरिएको छ । उनले यसअघि पनि नौ चोटीभन्दा बढी तोकिएक मापदण्ड माथि मादक पदार्थ सेवन गरेर विमान उडाएको स्वीकार गरेका छन् ।

अत्याधिक मापसे गरेर विमान उडाउन गएका जापानी पाइलट हिथ्रो विमानस्थलमा पक्राउ

जापान एयरलाइन्सका ४२ वर्षीय विमानचालक कात्सुत्वोसी जित्सुकावा २८ अक्टोबरका दिन मापसेको जाँचमा फेल भएपछि पक्राउ परेका हुन् ।


उनको रगतमा १०० एमएल रगतमा मदिराको मात्रा १८९ एमजी रहेको पाइएको थियो । बेलायतमा पाइलटलाई २० एमजीसम्म छुट हुन्छ ।


उनले आफूले अत्याधिक मद्यपान गरेर विमान उडाउन खोजेको अक्सब्रिज म्याजिस्ट्रेट कोर्टमा स्वीकार गरेका थिए । जापानी समाचार संस्था एनएचकेका अनुसार चालकदलका सदस्यहरुलाई विमानसम्म पुर्‍याउने बसका ड्राइभरले पाइलटले मदिरा पिएका थाह पाएपछि प्रहरीलाई खबर गरेको उल्लेख गरेका छ ।


जित्कुकावा जापान एयरलाइन्सको टोकियो उडान भर्न लागेको विमानका को-पाइलट थिए । जापान एयरलाइन्सले उक्त घटना प्रति माफी माग्दै आगामी दिनमा यस्तो हुन नदिन कार्य गर्ने प्रतिवद्धता जनाएको छ ।

बेलायत, वेल्स र उत्तरी आयरल्याण्डमा मद्यपान गरेर गाडी चलाउने पाइने विन्दु ८० एमजी छ भने पाइलटका लागि यो विन्दु मात्र २० एमजी छ ।


यसअघि ब्रिटिस एयरवेजका पाइलट जुलियन मोनागनको रगतमा मदिराको मात्रा ८६ एमजी रहेको पाइएपछि उनलाई ८ महिना कारावासको सजाय भएको थियो ।


प्रकाशित : कार्तिक १६, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?