कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘खसोग्जी खतरनाक’

एजेन्सी

रियाद — साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले हत्या गरिएका पत्रकार जमाल खसोग्गी खतरनाक इस्लामवादी भएको बताएका छन्  ।

‘खसोग्जी खतरनाक’

साउदी अरबले खसोग्गीको हत्या भएको स्वीकार गर्नुअघि राजकुमार मोहम्मदले अमेरिकी अधिकारीसँग त्यस्तो बताएको अमेरिकी अखबारले उल्लेख गरेका हुन् । तर साउदी अरबले वासिङ्टन पोस्ट र न्युयोर्क टाइम्समा प्रकाशित विवरणको खण्डन गरेको छ ।

अमेरिकी सञ्चारमाध्यमका लागि काम गर्ने साउदी नागरिक खसोग्जी साउदी शासकका कडा आलोचक थिए । टर्की, अमेरिका र साउदी अरबले उनको हत्या गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी कन्सुलेट कार्यालयमा भएको दाबी गर्छन् ।

अमेरिकी अखबार वासिङ्टन पोस्टले राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जरेद कुस्नर र राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनसगको फोनवार्तामा राजकुमार मोहम्मदले खसोग्गी ‘मुस्लिम ब्रदरहुड’ नामक अन्तर्राष्ट्रिय इस्लामिक संगठनका सदस्य भएको दाबी गरेका थिए ।

मोहम्मदले अक्टोबर ९ मा कुस्नर र बोल्टनसँग टेलिफोन वार्ता गरेका थिए । मोहम्मदले अमेरिका र साउदी अरेबियाको गठबन्धन जोगाउन ह्वाइटहाउसलाई आग्रह पनि गरेको दाबी गरिएको छ । यसैबीच, टर्कीले खसोग्गीको शव टुक्राटुक्रा पारी एसिडमा गलाइएको दाबी गरेको छ । टर्कीका राष्ट्रपतिका सल्लाहकार यासिन अक्तेले ‘प्रमाण मेटाउने उनको शरीरलाई टुक्रा पारी एसिडमा घोलिएको’ बताएका हुन् ।

प्रकाशित : कार्तिक १७, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?