कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘इरानमाथि इतिहासकै कडा प्रतिबन्ध’

बीबीसी

वासिङटन — अमेरिकाले सन् २०१५ मा इरानसँग भएको परमाणु सम्झौतापछि हटाएका प्रतिबन्ध पुन: लगाउने जनाएको छ । 

‘इरानमाथि इतिहासकै कडा प्रतिबन्ध’

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले त्यस्ता प्रतिबन्धहरु ‘इरानविरुद्ध लगाएका हालसम्मकै कडा’ हुने जनाएको छ । उसका अनुसार यस्ता प्रतिबन्धहरु इरान तथा इरानसँग व्यापार गर्ने हरेक देशविरुद्ध हुने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा शनिबार लेखेका छन्, ‘प्रतिबन्ध आउँदै छ ।’


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मेमा इरानी परमाणु सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरेका थिए । उनले इरानले ‘अन्तरमहादेशीय क्षेप्यास्त्र निर्माण कार्यक्रम निर्माण नरोकेको तथा छिमेकी देशमाथि निरन्तर हस्तक्षेप गरेको’ दाबी गरेका थिए ।


युरोपेली संघका राष्ट्रहरुले भने यसअघि आफूहरु नै इरानसँगको वैधानिक व्यापारको पक्षमा रहेको जनाएका थिए । सन् २०१५ मा भएको परमाणु सम्झौतामा बेलायत, फ्रान्स, जर्मनी, रूस र चीन पक्ष राष्ट्र थिए । उनीहरुले अमेरिकालाई सम्झौताबाट अलग नहुन आग्रहसमेत गरेका थिए ।


इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले ट्रम्पका कारण अमेरिकाले आफ्नो प्रतिष्ठा गुमाउँदै गएको प्रतिक्रिया दिएका छन् । उनको ट्वीटर पेजमा उल्लेख छ, ‘अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पले उदारवादी प्रजातन्त्र र अमेरिकाको बचेखुचेको प्रतिष्ठालाई बदनाम बनाएका छन् ।’ अमेरिकाद्वारा तेल लगायतका सामानमा सोमबारदेखि लागु गर्ने भनेको पछिल्लो प्रतिबन्ध असफल हुने खामेनीले दाबी गरे । उनले इरान र अमेरिकाबीचको विवाद ४० बर्ष पुरानो भएपनि इरानलाई असफल बनाउन वासिङटन विफल भएको उनको भनाई छ ।

प्रकाशित : कार्तिक १७, २०७५ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?