कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भुटानको मन्त्रिपरिषद्‌मा दुई नेपालीभाषी

एजेन्सी

थिम्पु — भुटानका प्रधानमन्त्री लोटे छिरिङले मन्त्रिपरिषद्मा २ जना नेपालीभाषी मन्त्री चयन गरेका छन्  । ड्रुक न्यामरुप छोग्पा (डीएनटी) पार्टीका अध्यक्ष समेत रहेका लोटेलाई भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकलले गत सोमबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए  ।

भुटानको मन्त्रिपरिषद्‌मा दुई नेपालीभाषी

लोटेले गठन गरेको ११ सदस्यीय मन्त्रिपरिषद्मा नेपालीभाषी सांसद लोकनाथ शर्मा र जयवीर राईलाई मन्त्री चयन गरेका हुन् । उनले भुटानमा नेपालीभाषीको संख्या करिब ३० प्रतिशत रहेको उल्लेख गर्दर्ै उनीहरूलाई प्रतिनिधिका रूपमा मन्त्री चयन गरिएको जनाए ।

पार्टीले शनिबार सार्वजनिक मन्त्रिपरिषद् सदस्यमा लोकनाथ शर्मालाई आर्थिक मामिला र जयवीर राईलाई शिक्षामन्त्री नियुक्त गर्ने निर्णय गरिएको उल्लेख गरेको हो । मन्त्रिपरिषद्मा एक महिला मन्त्री चयन भएकी छन् । उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्का सदस्यहरूको नामावली सार्वजनिक गर्दै लोटेले ‘परिवर्तन आवश्यकताबारे धेरै कुराकानी गरेको’ बताए । उनले भने, ‘अब आफैंलाई परिवर्तन गरौं ।’

लोटे बंगलादेश र अस्ट्रेलियामा अध्ययन गरेका चिकित्सकसमेत हुन् । सन् २०१३ मा राजनीतिमा प्रवेश गर्नुअघि छिरिङले मोन्गार अस्पतालमा कन्सल्टेन्ट सर्जनका रूपमा काम गरेका थिए । गत सेप्टेम्बर १५ र अक्टोबर १८ मा संसद्का ४७ सिटका लागि भएको चुनावमा डीएनटीले ३० सिट जितेको थियो । त्यसमध्ये ९ नेपालीभाषी छन् ।

प्रकाशित : कार्तिक १८, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?