कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते

रासस/एएफपी

बेइजिङ — ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ । चीनको लान्झाउ सहरमा भएको दुर्घटनामा अरु ४४ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । 

चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते

लान्झाउ सूचना विभागका अनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ ओटा कारलाई ठक्कर दिएको थियो ।


घाइतेमध्ये दश जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । प्रहरीले ट्रक चालकलाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको बताएको छ ।


चीनमा सवारी दुर्घटनाका घटना बारम्बार हुने र बर्सेनि हजारौंको मृत्यु हुने गरेको छ । अधिकारीहरुका अनुसार, सन् २०१५ मा मात्र सडक दुर्घटनामा करिब ५८ हजारको मृत्यु भएको थियो ।


अधिकांश दुर्घटना ट्राफिक नियमको उल्लङ्घनका कारण हुने गरेको बताइएको छ ।

प्रकाशित : कार्तिक १८, २०७५ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?