अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पलाई धक्का

हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टीको बहुमत
एजेन्सी

वासिङटन — अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनमा सत्तारूढ रिपब्लिकन पार्टीले संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा नियन्त्रण गुमाएको छ ।

डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का लागेको छ । उनलाई अब बिना अड्चन आफ्ना एजेन्डा अघि बढाउन समस्या पर्नेछ ।

Yamaha

हाउसमा बहुमतका लागि २१८ सिट आवश्यक पर्नेमा डेमोक्रेटिकले नेपाली समयअनुसार बुधबार साँझसम्म २२१ सिट हासिल गरेको छ भने रिपब्लिकनले १९९ सिट प्राप्त गरेको छ ।

हाउसको ४३५ सिटका लागि चुनाव भएको थियो । रिपब्लिकन पार्टीलेसिनेटमा भने बहुमत हासिल गरेको छ । सिनेटको १ सय स्थानमध्ये ३५ सिटमा चुनाव भएको हो । चुनावी नतिजापछि सिनेटमा डेमोक्रेटिकको ४५ सिट र रिपब्लिकनको ५१ सिट रहनेछ ।

मंगलबारको मध्यावधि निर्वाचन राष्ट्रपति ट्रम्पको दुई वर्षको कार्यकालको ‘जनमत संग्रह’ का रूपमा लिइएको थियो । सिनेटमा सत्तारूढ रिपब्लिकन पार्टीलाई बहुमतको अर्थ हो, ट्रम्पको कार्यकारी र न्यायिक नियुक्तिले चुनौतीको सामना गर्नुपर्ने छैन । तर हाउसमा डेमोक्रेटिकको बहुमत हुँदा ट्रम्पको नीति पारित हुन विभिन्न अवरोध सामना गर्नुपर्नेछ ।

डेमोक्रेटिक पार्टीले भर्जिनिया, इलिनोइस र फ्लोरिडामा जित हासिल गरेको छ । यस्तै, डेमोक्रेटिक पार्टीकी २९ वर्षीया अलेक्जेन्ड्रिया कोर्टेज अमेरिकी कांग्रेसमा निर्वाचित हुने सबैभन्दा कम उमेरकी प्रतिनिधिबनेकी छन् । यस्तै सोही पार्टीबाट दुई मुस्लिम महिला चुनिएका छन् । जसमा इल्हान उमर र राशिदा तालिब छन् । हाउसमा २ मुस्लिम महिलासहित ८९ महिला निर्वाचित भएका छन् । यसअघि ८४ महिला चुनिएका थिए ।

डेमोक्रेटिककी हाउस नेता न्यान्सी पेलोसीले विजयपछि वासिङटनमा सम्बोधनका क्रममा मतदातालाई धन्यवाद दिँदै अब नयाँ अमेरिका हुने बताएकी छन् । मध्यावधि चुनावको परिणामका विषयमा राष्ट्रपति ट्रम्पले शृंखलाबद्ध ट्विट गरेका छन् । एक ट्विटमा उनले भनेका छन्, ‘१०५ वर्षको इतिहासमा पहिलो पटक राष्ट्रपतिको पार्टीबाट सिनेटमा बहुमत हासिल भएको छ । ट्रम्पसँग जादु छ । जब पूरैमिडिया मेरोविरुद्ध थियो, हरेक दिन तिनीहरूले आक्रमण गर्थे, तर पनि ट्रम्पको जादु चल्यो ।’

यस्तै, ५० गभर्नरमध्ये ३६ का लागि चुनाव भएकोमा मिसिगन, इलिनोइस र कान्ससमा डेमोक्रेटिक पार्टी विजयी भएको छ । अमेरिकाको यो मध्यावधि निर्वाचनमा ५० वर्षयता सबैभन्दा बढी मतदान भएको थियो । यसअघि अमेरिकी नागरिक यस चुनावलाई राष्ट्रपति चुनावजति गम्भीर रूपमा लिँदैनथे ।

अमेरिकी कांग्रेसको यो निर्वाचन हरेक ४ वर्षमा नोभेम्बरमहिनामा हुन्छ । राष्ट्रपतिको कार्यकालको बीच समयमा हुने भएकाले यसलाई मध्यावधि (मिड–टर्म) निर्वाचन भनिन्छ । यही चुनावले राष्ट्रपतिको बाँकी कार्यकाल कस्तो हुन्छ भन्ने तय गर्छ ।

प्रकाशित : कार्तिक २२, २०७५ १०:५०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

शंखधर साख्वा न्याय र समानताका अभियन्ता : प्रधानमन्त्री

नेपाल संवत् ११३९ को शुभकामना
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्‌का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गरेका छन् । 

नेपाल सम्वतको नयाँ वर्ष ११३९ का अवसरमा बिहीबार शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले साख्वा कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल सम्वत् प्रचलनमा आएको र साख्वाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल सम्वत्‌काे सुरुवातका घटना नै प्रेरणादायी भएको सन्दर्भ पनि उल्लेख गरेका छन् । ‘शंखधर साख्वाले ११३९ वर्षअघि ऋणमा बाँधिएका गरिब किसानहरुलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराउनु भएको थियो । त्यही बेलादेखि सुरु भएको नेपाल संवत्‌ले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउँदै आएको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा छ, ‘नेपाली समाजको गौरवशाली विगत र मूल्यमान्यतालाई अक्षुण्ण राख्नसमेत यो सम्वत्‌ले हामीलाई झक्झक्याउँदै आएको छ ।’

शंखधर साख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफलभएको प्रधानमन्त्री ओलीको सन्देशमा छ । ‘काठमाडौं उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने, नेपाल संवत्का प्रवर्तक, समाज सुधारक तथा प्रगतिशिल व्यक्तित्व शंखधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

यो वर्ष ‘भिन्तुना र्‍याली’ र्‍याली स्थगित
तिहारको गोवर्धन पूजाका दिन नेपाल सम्वत्‌काे पहिलो दिन नयाँ वर्ष मनाउने चलन छ । विशेष गरेर उपत्यकाको तीन सहर काठमाडौं, भक्तपुर र ललितपुरको नेवार समुदायले छुट्टाछुट्टै रुपमा विशेष तामझाम, मोटर साइकल भिन्तुना र्‍याली, शुभकामना आदानप्रदान गर्ने गरिन्थ्यो ।

यो वर्ष मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनका कारण सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ । नेवा: देय दबूका अध्यक्ष नरेश ताम्राकारले नेपालभाषा आन्दोलनका नेता पद्मरत्न तुलाधरको असामयिक निधन भएकोले उहााको सम्मानमा न्हु दाय भिन्तुना कार्यक्रम स्थगित भएको बताए । हरेक वर्ष बसन्तपुर, ललितपुर र ललितपुरमा हुने न्हु दा: भिन्तुना विशेष समारोह प्रधानमन्त्री मुख्य आतिथ्यमा हुने गर्थ्याे । भने, ‘म यसपालि कही पनि भाग लिन गइन ।’

भक्तपुरको ठिमीस्थित राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले औपचारिक कार्यक्रम सामान्य रुपमा सम्पन्न गर्ने जनाएको छ । प्रतिष्ठानले अरनिको राजमार्गसागै ठिमी चोकमा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा निर्माण गरेको छ । ‘नेपाल भाषा आन्दोलनका नेता पद्मरत्न तुलाधरको निधन यो वर्ष विशिष्ट परिस्थिति भएकोले राष्ट्रिय विभूतिको प्रतिमामा सामान्य माल्यार्पण कार्यक्रममात्र हुनेछ,’ प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठले भने, ‘प्रतिमामा माल्यार्पणपछि सम्मान कार्यक्रम हुनेछ ।’

प्रतिष्ठानले यो वर्ष संस्थागततर्फ नेपाल संवत्को पञ्चांगपत्र निर्माण समिति र नेपालभाषाका साहित्यकार राजा शाक्यलाई सम्मान गर्ने जनाइएको छ । सम्मान प्रदान गर्न स्थानीय जनप्रतिनिधिबाट हुनेसमेत श्रेष्ठले जनाए । टोखा, बलम्बु, बनेपा, धुलिखेल लगायत स्थानमा समेत न्हु दा: भिन्तुना कार्यक्रमहरु स्थगित भएको जनाइएको छ ।

प्रकाशित : कार्तिक २२, २०७५ १०:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT