कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

श्रीलंकाली राष्ट्रपतिद्वारा संसद भंग गर्ने आदेश जारी

बीबीसी

श्रीलंका — श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले राजनीतिक संकटको बेला संसद भंग गर्ने आदेश जारी गरेका छन् । संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ । तर  प्रतिपक्षीले राष्ट्रपतिको कदमलाई भने असंवैधानिक भनेका छन्।

श्रीलंकाली राष्ट्रपतिद्वारा संसद भंग गर्ने आदेश जारी

अब जनवरी ५ मा चुनाव हुनेछ । तर यो निर्णय राष्ट्रपतिको लागि चुनौतीपूर्ण रहेने बीबीसीले बताएको छ । किनकी, आदेश विरुद्ध सर्वोच्चमा रिट पर्नसक्छ । बर्खास्त गरिएका प्रधानमन्त्रीको पार्टीले भनेको छ, 'राष्ट्रपतिलाई यस्तो निर्णय गर्ने अधिकार छैन ।'


राष्ट्रपति सिरिसेनाले कात्तिक १० गते शनिबार दिउँसोदेखि लागु हुने गरी संसदलाई निलम्बन गरेका थिए । उनले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरेको भोलिपल्ट संसदलाई निलम्बन गरेका थिए ।


उनले प्रधानमन्त्रीमा कात्तिक ९ गते नै पूर्व राष्ट्रपति मेहिन्द्रा राजापाक्षेलाई नियुक्त गरेका थिए।


सन् २०१५ को चुनावमा राजापाक्षेलाई सिरिसेनाले हराएका थिए। त्यसका लागि उनलाई विक्रमासिङ्घेले सघाएका थिए।

प्रकाशित : कार्तिक २४, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?