अफगानिस्तानमा गोली लागेर तीन सुरक्षाकर्मीसहित १५ को मृत्यु

रासस/सिन्ह्वा

क्वाला ए नाव, अफगानिस्तान — अफगानिस्तानमा भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । 

अफगानिस्तानको बड्घीस प्रान्तको क्याडिस जिल्लामा शुक्रबार यो घटना भएको प्रान्तीय प्रहरी प्रमुख अब्दुल अजिज बिगले शनिबार जानकारी दिए ।


तालिबान लडाकूहरुले सुरक्षा चेकपोष्टमा आक्रमण गरेपछि गोली हानाहान भएको उनले बताए ।


भिडन्तमा परी आठ जना लडाकू र ११ जना सुरक्षाकर्मी घाइते भएका छन् । तर घटनाका बारेमा अहिलेसम्म प्रहरी वा तालिबान लडाकू कुनै पक्षले पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित : कार्तिक २४, २०७५ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?