कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

छत्तीसगढमा आज निर्वाचन, एक लाख सुरक्षाकर्मी खटिए

एजेन्सी

नयाँदिल्ली — भारतको छत्तीसगढ राज्यमा आज पहिलो चरणअन्तर्गत विधानसभा निर्वाचन हुँदै छ । भारतीय अधिकारीले नक्सलवादी प्रभावित क्षेत्रमा चुनाव भाँड्ने चेतावनीपछि सुरक्षाका लागि करिब १ लाख सेना परिचालन गरिएको जनाएका छन् ।

छत्तीसगढमा आज निर्वाचन, एक लाख सुरक्षाकर्मी खटिए

चुनावी सुरक्षाका लागि अर्धसैनिक बल, सीमा सुरक्षा बल, इन्डो तिब्बत सीमा प्रहरी र राज्यका अन्य सुरक्षा निकाय परिचालन गरिएको हो ।


छत्तीसगढमा १८ सिटका लागि पहिलो चरणअन्तर्गत आज मतदान हुन लागेको हो । ती जिल्लाहरू माओवादी प्रभावित भएको जनाइएको छ । बाँकी ७४ सिटका लागि दोस्रो चरणअन्तर्गत नोभेम्बर २० मा

चुनाव हुनेछ ।


भारतीय सञ्चार माध्यमका अनुसार माओवादीले विभिन्न स्थानमा ‘फर्जी छत्तीसगढ चुनाव बहिष्कार गर्न’ आग्रह गरेको छ । उनीहरूले ‘भारतीय जनता पार्टी (भाजपा) किसान, शिक्षक र कर्मचारी विरोधी भएको जनाउँदै लखेट्नुपर्ने’ उल्लेख गर्दै पर्चा पम्प्रेलेटिङ गरेका छन् । छत्तीसगढका विशेष महानिर्देशक डीएम अवस्थीले ‘माओवादीको चुनाव विरोधी गतिविधि रोक्न सबै उपाय अवलम्बन गरिएको’ दाबी गरे ।


यसअघि भएको विधानसभा निर्वाचनमा छत्तीसगढका २ हजार ६ सय ३४ मतकेन्द्रमध्ये ६८ मा एक भोट पनि खसेको थिएन । ८० केन्द्रमा भने २० भन्दा कम भोट खसेको थियो ।


बीजापुरको भोपालपटनमका प्रहरी अधिकारी पीताम्बर पटेलले अन्दरुनी क्षेत्रको विद्यालयको भित्तामा माओवादीले चुनाव बहिष्कारको नारा पोतेको जनाए । एक स्थानीयका अनुसार सुरक्षाकर्मीले भोट हाल्न दबाब दिए ‘नो भोट’ बटन थिच्न माओवादीले चेतावनी दिएका छन् ।


शनिबार नक्सलवादीको आक्रमणबाट कन्केर जिल्लामा सीमा सुरक्षा बलका सह–निरीक्षकले ज्यान गुमाएका छन् । चुनाव बहिष्कारका लागि आग्रह गर्दै आएका नक्सलवादीले दुई सातामा ६ विभिन्न आक्रमण गरिसकेका छन् । आक्रमणका कारण कम्तीमा १३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : कार्तिक २६, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?