१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काखबाटै खोसेर बाँदरले मार्‍यो शिशु

बीबीसी

काठमाडौँ — भारतको आग्रामा आमाको दूध चुसिरहेका एक १२ दिने शिशुलाई बाँदरले खोसेर मारिदिएको छ । घरभित्र पसेको बाँदरले शिशुलाई काखबाट खोसेको थियो ।

काखबाटै खोसेर बाँदरले मार्‍यो शिशु

शिशुलाई लगेपछि स्थानीयले बाँदरलाई लखेटेका थिए । त्यही क्रममा बाँदरले शिशुलाई छिमेकीको छतमा फ्याँकिदिएको बीबीसीले जनाएको छ । बाँदरले लछारपछार गर्दै टोकेकाले शिशु गम्भीर घाइतेे भएका थिए । बाँदरबाट मुक्त गरेपछि तत्कालै अस्पताल पुर्याइएका शिशुको उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको बीबीसीले उद्धृत गर्दै लेखेको छ ।


स्थानीय प्रहरी कार्यालयका अधिकृत अजय कुशलले रोयटर्सलाई बताए अनुसार बाँदरको आक्रमणबाट शिशुको शरिरमा चोटैचोट लागेको थियो ।


स्थानीयका अनुसार उक्त क्षेत्रमा बाँदरको आतंक बढ्दो छ । दुई महिना अघि पनि बाँदरको आक्रमण परी एक बालक सख्त घाइते भएका थिए । गत मेमा ताजमहल क्षेत्रमा दुई पर्यटकलाई बाँदर आक्रमणको गरेको थियो ।


'आग्राका सबै क्षेत्रहरुमा बाँदर छन्' स्थानीय वातवरण अभियन्ता श्रवणकुमार सिंहले भने,'उनीहरु खानाका लागि खोस्न र आक्रमण गर्न माहिर छन् ।'


सहर विस्तारका क्रममा प्राकृतिक बासस्थान भत्कन थालेपछि बाँदरहरु झन् हिंस्रक बन्दै गएका छन् ।

प्रकाशित : कार्तिक २९, २०७५ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?