कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी नागरिक मुक्त गर्ने 

बीबीसी

सोल — उत्तर कोरियाले गत अक्टोबरमा पक्राउ गरिएका अमेरिकी नागरिकलाई मुक्त गर्ने जनाएको छ । ब्रुस बाइरन लरेन्स चीनबाट गैरकानुनी रूपमा उत्तर कोरिया प्रवेश गरेपछि पक्राउ परेका थिए । 

उत्तर कोरियाली अधिकारीले उनी अमेरिकी गुप्तचर संस्था ‘सीआईएको निर्देशनमा’ आफ्नो भूमिमा प्रवेश गरेको दाबी गरेका थिए ।


सोही नाम गरेका एक अमेरिकी नागरिकलाई उत्तर कोरियासँगको सीमाक्षेत्रमा जासुसी गरेको आरोपमा फिर्ता पठाइएको थियो । यद्यपि उसको परिचयबारे आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन ।


उत्तर कोरियाली समाचार संस्था केसीएनएले ‘सोधपुछका क्रममा उनले आफू सीआईएको निर्देशनमा उत्तर कोरिया प्रवेश गरेको बताएको’ उल्लेख गरेको छ ।

प्रकाशित : मंसिर १, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?