कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

डढेलो प्रभावित क्षेत्रमा ट्रम्प

बीबीसी

क्यालिफोर्निया — अमेरिकी इतिहासकै भीषण डढेलोले निम्त्याएको विनाशको आकलन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया भ्रमण गरेका छन् । ‘क्याम्प फायर’ नामक डढेलोका कारण हालसम्म कम्तीमा ७१ जनाको ज्यान गइसकेको छ । 

डढेलो प्रभावित क्षेत्रमा ट्रम्प

अमेरिकी अधिकारीले करिब १ हजार हराइरहेको जनाएका छन् । हराउनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । आगलागीले ध्वस्त प्याराडाइज नगरमा बोल्दै राष्ट्रपति ट्रम्पले ‘यस्तो दृश्य देख्दा आफूलाई निकै दु:ख लागेको’ बताए ।


उनले कमजोर व्यवस्थापनका कारण यस्तो विपद् उत्पन्न भएको दाबी गरे । ‘हामीले व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता छ र वातावरण संरक्षणवादी समूहसँग सहकार्य गर्नु जरुरी छ,’ उनले भने, ‘मलाई लाग्छ, यस्तो विनाश हामीले फेरि हेर्नुपर्ने छैन ।’


विज्ञहरूले जलवायु परिवर्तन तथा मौसमलगायत डढेलोका प्रमुख कारक रहेको जनाएका छन् । प्याराडाइज नगरमा ट्रम्पले कानुन कार्यान्वयन गराउने निकाय, राजनीतिज्ञ र उद्धारकर्ताको भने उनले प्रशंसा गरे ।


डढेलोबाट ध्वस्त प्याराडाइज नगरलाई पूर्ण रूपमा पुनर्निर्माण गर्नुपर्ने अधिकारीले जनाएका छन् । ‘क्याम्प फायर’ सुरु भएको करिब दस दिन पुगिसक्दा सुरक्षाकर्मी र तालिम प्राप्त कुकुरहरू फरेन्सिक टोलीलाई शव खोज्न सघाइरहेका छन् ।


डढेलो करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको अधिकारीले जनाएका छन् । यद्यपि, उनीहरूले डढेलो पूर्ण रूपमा नियन्त्रणमा लिन अझै दुई साता लाग्न सक्ने बताए ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?