कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जैविक विविधता महासन्धिका पक्ष मुलुकहरुको १४ औं सम्मेलन जारी 

अब्दुल्लाह मियाँ

शाम एल शेख, इजिप्ट — जैविक विविधता सम्बन्धि पक्ष मुलुकहरुको १४ औं राष्टसंघीय सम्मेलन (कोप १४) पर्यटकीय सहर शाम एल शेखमा जारी छ ।

जैविक विविधता महासन्धिका पक्ष मुलुकहरुको १४ औं सम्मेलन जारी 

आइतबारदेखि सुरु भएको सम्मेलनमा नेपालसहित १९६ मुलुकका सरकारी अघिकारीहरु सहभागी छन् । नेपालले सन् १९९४ मा उक्त महासन्धिमा हस्ताक्षर गरेर पक्ष मुलुक (सदस्य) भएको हो ।


सम्मेलन सुरु हुनुभन्दा अघि पक्ष मुलुकहरुको उच्चस्तरीय वैठक (हाइलेभल सेगमेट) भएको थियो ।


सम्मेलनमा पक्ष मुलुकहरुका सदस्यबाहेक जैविक विविधता, वन, वन्यजन्तु र प्रकृति संरक्षण तथा दिगो उपयोगमा काम गर्ने विश्वभरका संघसंस्था, जैविक विविधता संरक्षणमा सहयोग गर्ने दातृ निकाय, अनुसन्धानकर्ता, पत्रकार र पर्यवेक्षक सहभागी छन् ।


सम्मेलन उदघाटन गर्दै इजिप्टका राष्टपति अब्देल फताह सइद हुसेन खलिलले दिगो विकासका लागि विश्व समुदायको सहयोग आवश्यक पर्ने उल्लेख गरे । जैविक विविधता संरक्षण कुनै एक मुलुकको मात्र विषय नभएको भन्दै उनले विश्व समुदाय एक भएर लागे यसको संरक्षणका साथै प्रकृतीबाट लाभ लिन सक्ने बताए ।


१४ औं सम्मेलनको अध्यक्षता गरेका इजिप्टका वातावरणमन्त्री याशमिन फोवादले प्रकृतिको संरक्षण गर्न सके मात्र मानवको हित हुने बताए । सम्मेलनमा सन्देश पठाउदै राष्टसंघकी उपमहासचिव अमिना जे मोहम्मदले जैविक विविधता संरक्षणको महत्वबारे उल्लेख गर्दै दिगो विकासका लागि जैविक विविधताको रणनीतिक योजनाले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।


जैविक विविधतासम्वन्धी पक्ष मुलुकहरुको महासन्धि (सीबीडी) को मुख्यालयका अनुसार यो सम्मेलनले जैविक विविधता, प्रकृति, मानवको विकास र सहकार्यका लागि शाम एल शेखब देखि बेइजिङ नामको कार्ययोजना तयार गरिनेछ ।


अर्को सम्मेलन सन् २०२० मा चीनको आयोजनामा बेइजिङमा हुनेछ । सम्मेलनमा जैविक विविधता, प्रकृति संरक्षण,वन्यजन्तु लगायतका विषयमा देखा परेका चुनौती र सम्भावनाका विविध विषयमा विभिन्न अन्तरक्रिया (साइड इभेन्ट) समेत भईरहेका छन् । सम्मेलन १३ मंसिरसम्म चल्नेछ ।

प्रकाशित : मंसिर ४, २०७५ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?