कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अमेरिकाको अस्पतालमा गोली प्रहारः डाक्टर र प्रहरी अधिकारी सहित ४ को मृत्यु  

बीबीसी

सिकागो — अमेरिकाको सिकागोस्थित एक अस्पतालमा मंगलबार भएको गोलीकाण्डमा ४ जनाको ज्यान गएको छ ।

अमेरिकाको अस्पतालमा गोली प्रहारः डाक्टर र प्रहरी अधिकारी सहित ४ को मृत्यु  

प्रहरीका अनुसार मारिनेमा डाक्टर, प्रहरी अधिकारी, अस्पतालका कर्मचारी छन् ।

गोली हानाहानका क्रममा बन्दुकधारीको समेत मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बन्दुकधारी आफैले आफ्नो ज्यान लिए वा प्रहरीको गोलीले मारिए भन्ने प्रस्ट नभएको अधिकारीले जनाए ।


बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको भनिएकी महिला डाक्टर तमारा ओ–निललाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ । बन्दुकधारीले केही समय डाक्टरसँग विवाद गरेका थिए । यद्यपि उनले गोली चलाउनुको कारण प्रष्ट हुन नसकेको प्रहरीको भनाई छ ।


बन्दुकधारीले डाक्टरलाई प्रहार गरेलगत्तै अन्य मानिसहरुतर्फ गोली हानेका थिए । अर्का एक प्रहरी अधिकारीलाई ताकेर चलाइएको गोली उनको बन्दुकको होल्स्टरमा अडिएपछि उनी घाइते भएका छन् । स्थानीय समय अनुसार सिकागोको मर्सी अस्पतालमा दिउँसो ३ बजे गोली प्रहार भएको हो ।


सिकागोका मेयर राहम इमानुएलले आक्रमणका कारण ‘शहरको आत्मामा आँशु बहेको’ प्रतिक्रिया दिए । उनले भने, ‘यो दुष्टको अनुहार र त्यसको परिणाम हो ।’ सिकागो प्रहरीका प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौं राउण्ड गोली चलाइएको थियो ।

सिकागो प्रहरीका सुपरिटेन्डेन्ट एडी जोन्सनकाका अनुसार ‘डाक्टरसँग विवाद भएपछि उनका साथीले सम्झाउन खोज्दा बन्दुकधारीले बन्दुक निकालेर प्रहार गरेका’ थिए ।


एक प्रत्यक्षदर्शी जेम्स ग्रेका अनुसार ‘डाक्टर ओ–निल गोली लागेर ढलेपछि पनि बन्दुकधारीले ३ पटकसम्म प्रहार गरेका’ थिए । उनले प्रहरी आएपछि उनी अस्पतालमा भागेर अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । त्यसक्रममा प्रहरी अधिकारी स्यामुयल जिमेन्ज मारिएका हुन् ।


ओ–निल मर्सी अस्पतालको इमरजेन्सी विभागकी फिजिसियन थिइन् । अस्पतालको इमर्जेन्सी विभागका निर्देशक डाक्टर प्याट्रिक कोनरले उनी ‘कामप्रति निकै लगनशील डाक्टर भएको’ बताए ।


स्थानीय सञ्चारमाध्यमहका अनुसार सन्दिग्ध व्यक्ति अस्पताल भवनमा उक्लिदै गर्दा बिरामीले गोली चलेको आवाज सुनेका थिए । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताल खाली गराइएको थियो । अस्पतालले केही समयपछि दर्जनौं बिरामी र अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको जनाएको थियो ।


अमेरिकामा यसवर्ष बन्दुक आक्रमणका कारण कम्तीमा १३ हजार मासिनहरुले ज्यान गुमाइसकेका छन् । प्रहरीका अनुसार कम्तीमा २५ हजार मानिसहरु घाइते छन् भने २ सय ५० प्रहरी मारिएका छन् ।

प्रकाशित : मंसिर ४, २०७५ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?