२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

डुंगा दुर्घटनामा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका

सिन्ह्वा

काम्पाला — युगाण्डाको मुकोनो जिल्लामा भएको डुंगा दुर्घटनामा परी २२ जनाको ज्यान गएको छ ।

डुंगा दुर्घटनामा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका

लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुंगा पल्टेको बताइएको छ ।


'घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गरिएको छ', युगाण्डा प्रहरीका निर्देशक असुमान मुगेन्यीले भने ।


डुंगा दुर्घटनामा बाँच्न सफल एकजना यात्रुले दिएको जानकारी अनुसार डुंगामा झण्डै ९० जना यात्रु रहेका थिए ।


राजधानी काम्पाला नजिकै पर्ने मुकोनो जिल्लाको भिक्टोरिया तालमा डुंगा सफारीका क्रममा यो दुर्घटना भएको हो । डुंगामा रहेकाहरु अधिकांशले मदिरा सेवन गरेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।


काम्पालका प्रहरी प्रवक्ता लुके ओवेयेसिगिरले घटना भएको पुष्टी गरेपनि आधिकारिक पूर्ण विवरणहरु भने अझै आइनसकेको बताए ।


डुंगा दुर्घटनाकै कारण युगाण्डामा बर्सेनि सयौंको ज्यान जाने गरेको छ ।

प्रकाशित : मंसिर ९, २०७५ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?