चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ को मृत्यु

रासस/सिन्ह्वा

शिजिआजुआङ् (चीन) — उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । 

चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ को मृत्यु

बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।


स्थानीय समयानुसार बुधबार मध्यराती १२:४० बजे हेबेइ सिङ्गहुआको एक रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टि कोपरेसन लिमिटेड’ नजिकै उक्त बिस्फोट भएको थियो ।


यस विस्फोटमा परी ३८ ट्रक र १२ अन्य सवारी साधन ध्वस्त भएको जाङ्गजीकाउ नगरको नगर सरकारका अधिकारीहरुले जानकारी दिएका स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।


यस विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार एक सवारी साधनले बोकेको अति संवेदनशील विस्फोटक पदार्थ कारखानामा प्रवेश गर्ने पर्खाइमा रहेका बेला अकस्मात विस्फोट भएको थियो ।


उक्त कारखाना नजिकै भएको विस्फोटबाट कारखानाको भित्र भने कुनै असर गरेको छैन । तर विस्फोटपछि लागेको आगोका कारण त्यसैको वरिपरि रहेका अरु सवारी साधनहरुमा भने आगलागी भएको थियो ।


विस्फोट भएपछि सल्किएको आगोबाट सडकमा र पार्किङमा रहेका ३८ ओटा ट्रक र १२ ओटा कार विस्फोट भएका छन् । सो जानकारी जाङजिकाउ नगर सरकारले दिएको छ ।


संकटकालीन व्यवस्थापन मन्त्रालयले उद्धार कार्यको लागि एक समूह पठाएको जनाइएको छ । यस विस्फोटमा परेकाहरुको स्थानीय सरकारले पहिचान गरेको र उद्धार कार्यलगयात थप अनुसन्धान जारी रहेको बताइएको छ ।


प्रकाशित : मंसिर १२, २०७५ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?