१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अमेरिकी पूर्व राष्ट्रपति बुशकाे निधन

काठमाडौँ — अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ। शुक्रबार साँझ ९४ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

अमेरिकी पूर्व राष्ट्रपति बुशकाे निधन

अमेरिकाका ४१ औं राष्ट्रपति बुश सन् १९८९ देखि सन् १९९३ सम्म सत्तामा रहेका थिए। सन् १९२४ मा अमेरिकाको मिल्टनमा जन्मिएका बुश रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति चुनिएका थिए । उनी यस्ता भाग्मानी राष्ट्रपति हुन् जो ८ वर्ष उपराष्ट्रपति हुँदै राष्ट्रपतिमा पदमा चुनिए ।


यस्तै, उनका छोरा छोरा जर्ज बुश पनि राष्ट्रपति बने । बुश परिवारले बुवा र छोरा दुवै अमेरिकाको राष्ट्रपति भएको किर्तिमान राखेको छ । उनका छोरा जर्ज बुश सन् २००१ देखि २००९ सम्म अमेरिकाको दुई कार्यकाल राष्ट्रपति बने ।


रिपब्लिकन पार्टीको तर्फबाट सन् १९६३ टेक्सासको हेरिस काउन्टीको अध्यक्षमा चुनिएसँग बुशकाे राजनीतिक यात्रा सुरु भएको थियो ।


राजनीतिमा आउनुभन्दा अगाडि बुश अमेरिकी नेभीका पाइलट थिए । उनी दोस्रो विश्वयुद्धका एक योद्धा समेत हुन् । १८ वर्षको उमेरमा उनी अमेरिकी नेभीमा पाइलटको रुपमा प्रवेश गरेका थिए ।


सन् १९८१ देखि १९८९ सम्म अमेरिकाको ४३औँ उपराष्ट्रपति भएका बुश त्योभन्दा अघि चीन र संयुक्त राष्ट्रसंघका लागि मुलुकको प्रतिनिधि(राजदूत)भएर काम गरेका थिए । उनी सन् १९७६ मा सीआईएको प्रमुख समेत भए ।


बुशलाई विभिन्न १५ भन्दा बढी संस्थाहरुले मानार्थ शैक्षिक उपाधि दिएका छन् । उनलाई टाइम म्यागजिनले सन् १९९० को वर्ष पुरुष घोषणा गरेका थियो ।

प्रकाशित : मंसिर १५, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?