अमेरिकी विशेषदूत पाकिस्तान भ्रमणमा

एपी

इस्लामाबाद — अफगानिस्तानको १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुंग्याने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन् ।

अमेरिकी विशेषदूत पाकिस्तान भ्रमणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान समस्या सुल्झाउन सहयोगको खोजी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र लेखे लगत्तै विशेषदूत यहाँ आएका हुन् ।


अफगान युद्धको शान्तिपूर्ण समाधानको उपायको खोजी गर्ने सिलसिलामा अमेरिकी दूत खलिलजादले पाकिस्तानका अलावा अफगानिस्तान, रसिया, उज्बेकिस्तान, तुर्कमेनिस्तान, बेल्जियम, युनाइटेड अरब इमिरेट्स र कतारको भ्रमण गर्नेछन् ।


संयुक्तराज्य अमेरिका र अफगानिस्तानले लामो समयदेखि तालिबानका गतिविधिमाथि नियन्त्रण नगरेको र आँखा चिम्लिएको आरोप लगाउँदै आएका छन् । तालिबानको नेतृत्व र उच्च कमान्डरहरु पाकिस्तानमा रहेको अमेरिकी आरोप छ ।


इस्लामाबादले तालिबानलाई खासै संरक्षण नगरेको तर अफगानिस्तानको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएको छ ।

प्रकाशित : मंसिर १८, २०७५ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?