न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प

रासस/एपी

वेलिङ्गटन, न्यूजिल्याड — न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् । 

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरु आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ । सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको छैन । यस शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० को परकम्पन आएका थिए ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यस भूकम्पको केन्द्रविन्दु न्यू क्यालेडोनियाबाट १६८ किलोमिटर पूर्वी १० किलोमिटर गहिराईका रहेको छ । न्यू क्यालेडोनियामा बारम्बार भूकम्पको प्रकोपले सताउने देशहरुको सूचीमा पर्दछ ।

प्रकाशित : मंसिर १९, २०७५ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्

समाचारमा आज : निर्मलालाई न्यायका लागि विद्यार्थीको प्रदर्शनदेखि कांग्रेसको नयाँ आर्थिक नीतिसम्म

कान्तिपुर संवाददाता

काठमाडौँ — ठेक्का पाएर पनि वर्षौंसम्म काम नगर्दा ठूला निर्माण व्यवसायीप्रति आममान्छेको धारण नराम्रो रहेको बेला रामेछापका एक निर्माण व्यवसायीले दुई वर्षमा सयवटा भवन निर्माण गरेका छन् । जिल्लाका १९ विद्यालयका १ सयभन्दा बढी भवन पुनर्निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाले दुई वर्षमा यतिका भवन बनाएको हो । 

रामेछापको गौरीशंकर माविको भवन । १५ महिनामा उक्त विद्यालयका लागि ७ वटा भवन निर्माण भए । खानी निर्माण सेवाले यो समेत रामेछापका १९ विद्यालयका १ सय भवन दुई वर्षमा पूरा गरेको छ ।  तस्बिर : टीकाप्रसाद/कान्तिपुर

कांग्रेसको आर्थिक नीति : प्रमुख प्रतिपक्षी कांग्रेसले विगतमा लिएको आर्थिक नीतिमा कमजोरी रहेको भन्दै नयाँ नीति अवलम्बन गर्ने भएको छ। नयाँ नीतिमा उसले पाँच खम्ब रहने उल्लेख गरेको छ। त्यसमा उच्च उत्पादकत्वमा आधारित दीगो र फराकिलो आर्थिक वृद्धि, समतामूलक लोककल्याणकारी राज्य, रोजगारमुखी युवा केन्द्रित उद्ममशीलता, सार्थक वित्तीय संघीयता र सदाचारयुक्त आर्थिक सुशासन रहेको छ। थप......

विद्यार्थी पनि प्रदर्शनमा : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय माग्दै सबै तप्का सडकमा आइपुगेको छ। परिवार, अधिकारकर्मी र महिलाहरु सडकमै थिए। अहिले विद्यार्थी पनि आइपुगेको छ। बुधबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले 'वी वान्ट जस्टिस' भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरे। थप.....

एउटै ठेकदारले बनाए सय भवन :ठेक्का पाएर पनि वर्षौंसम्म काम नगर्दा ठूला निर्माण व्यवसायीप्रति आम मान्छेको धारण नराम्रो रहेको बेला रामेछापका एक निर्माण व्यवसायीले दुई वर्षमा सयवटा भवन निर्माण गरेका छन्। जिल्लाका १९ विद्यालयका १ सयभन्दा बढी भवन पुनर्निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाले दुई वर्षमा यतिका भवन बनाएको हो। थप....

खुल्लाकी तातोपानी नाका : लामो समयदेखि तातोपानी नाका खोल्न नेपाल सरकारले चीनलाई आग्रह गर्दै आएको छ। तर, चिनियाँ पक्षले हुन्छ भन्ने तर काम अघि नबढाउने समस्या ज्यूँका त्यूँ छ। अहिले बल्ल आएर चीनसंग जोड्ने मितेरी पुल बनाउन सुरु भएको छ। ०७२ को भूकम्पलगायतले पुलमा क्षति पुर्‍याएपछि बेलिब्रिज राखिएको थियो। अहिले चिनियाँ कम्पनीले पुल पुर्निर्माणको काम थालेको हो। थप....


खानेपानीका महाप्रबन्धक हटाइए : खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई हटाइएको छ। खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले प्रसादलाई जिम्मेवारीबाट हटाएकी हुन्। काममा अटेरी गरेको, घोटलामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरे भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको हो। थप....

प्रकाशित : मंसिर १९, २०७५ १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्