भाइरल भएको बुशको यो कुकुर

कान्तिपुर संवाददाता

काठमाडौँ — गत शुक्रबार अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एचडब्लू बुशको ९४ वर्षको उमेरमा निधनपछि आइतबार सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल बन्यो । उक्त तस्बिर थियो, जर्ज बुशको बफादार कुकुर, सल्लीको ।

सल्ली नाम गरेको उक्त कुकुर बुशको निधनप्रति एकदम निराश देखिएको थियो।

Citizen

बुश परिवारका प्रवक्ता जिम म्याकग्रथले सार्वजनिक गरेको तस्बिरमा सल्ली बुशको पार्थिव शरिर राखिएको बाकसमुनि वियोगमा सुतिरहेको देखिन्छ। उनले तस्बिर सार्वजनिक गर्दै ‘मिसन कम्प्लिट’ लेखेका छन्।

सल्लीलाई अमेरिकाको भेटडग्सले बुशका लागि गत जुनमा नियुक्त गरेको थियो। बुशले सल्लीलाई स्वागत गर्दै परिवारको नयाँ सदस्य भनेर चिनाएका थिए।सल्लीको उमेर दुई वर्ष रहेको छ।सल्ली भेटडग्सबाट तालिमप्राप्त कुकुर हो।

सल्ली बुशको हेरचाह र रेखदेखमा २४ सै घण्टा खटिन्थ्यो। सल्ली गत नोभेम्बरमा भएको मध्यावधि चुनावका क्रममा बुशसँगै भोटिङ बुथमा पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन्।
सल्लीले बुशका लागि सामान उठाइदिने, ढोका खेलिदिने र सहयोगीको रुपमा काम गर्थ्यो। पूर्व राष्ट्रपति बुश कुकुरलाई धेरै माया गर्थे। उनका दुई छोराहरु निल र डोर्थी बुशसँग पनि पाँच वटा कुकुर छन्।

सल्ली ‘सर्भिस डग’ भएकाले उसलाई अर्को कामका लागि खटाइनेछ। उसको अबको काम घाइते र सैनिकहरुको सहयोगीका रुपमा काम गर्नेछ। उसलाई वाल्टर रिट राष्ट्रिय स्वास्थ्य सुरक्षा सेन्टरमा लगिने सञ्चारमाध्यमहरुले जनाएका छन्।

वासिङ्टन पोष्टका अनुसार सल्लीको नाम अमेरिकी पाइलट च्यास्ले बीको नामबाट राखिएको हो। ‘सल्ली’ सलेनबेर्गर–३ ले सन् २००९ मा हुडसन खोलामा आपतकालीन् रुपमा प्लेन अवतरण गराएपछि चर्चामा आएका थिए।

यो पनि पढ्नुहोस्ः
अमेरिकी पूर्व राष्ट्रपति बुशकाे निधन

प्रकाशित : मंसिर २०, २०७५ १३:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राजदूत शेर्पामाथि लागेको आरोपबारे छानविन सुरु, यथार्थ जानकारी गराउन परराष्ट्रको निर्देशन

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि उनकै पूर्व कर्मचारीले लगाएको आरोपको यथार्थ जानकारी गराउन नेपाल सरकारले क्यानबेरास्थित दुतावासलाई निर्देशन दिएको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा ।

दुतावासका पुर्व कर्मचारी वाङ्गछु शेर्पाले राजदुत शेर्पालाई ‘मानव तस्करी’ गरेको आरोप लगाएका छन्। मंगलबार विपक्षी दल नेपाली कांग्रेसले राजदूत शेर्पामाथी छानविन गर्न माग गरेको थियो। अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले पनि सामाजिक सञ्जालहरुमा सत्यतथ्य छानविन हुनुपर्ने माग गरिरहेका छन्।

यसै सन्दर्भमा नेपालको परराष्ट्र मन्त्रालयले एक पत्र लेखेर दुतावासलाई घटनाको यथार्थ यथासक्दो जानकारी गराउन निर्देशन दिएको हो। 'पत्रमा गत केही दिनदेखि अष्ट्रेलियाको राजदुतका बारेमा लागेको आरोपका बारेमा मन्त्रालय जानकार रहेको भन्दै घटनाका बारेमा जानकारी गराउन भनिएको छ' स्रोतले भन्यो। राजदुत शेर्पाले मन्त्रालयबाट अहिले भइरहेको घटनाक्रमका बारेमा सोधिएका कारण त्यसको बारेमा यहाँको बस्तुस्थिती जानकारी गराइने बताए।

राजदूत लक्की शेर्पाका श्रीमान् सोनामसंग ऋण लिएको भनेर गरिएको कागज भनेर वाङ्गछुले उपलब्ध गराएको कागज।

वाङ्गछुले कान्तिपुरसँगको कुराकानीमा पनि राजदूत दम्पतीलाई मानव तस्करी र ठगीको आरोप लगाए। प्रमाणहरु आफुसंग भएको दावी गरेपनि पुष्टी हुने कुनै दस्तावेज भने प्रस्तुत गर्न सकेनन्। उनले आफुसँग प्रमाणहरु रहेपनि मुद्दा अष्ट्रेलियामा चलिरहेकाले यहाँको नियम अनुसार आफुले ती प्रमाणहरु उपलब्ध गराउन नसक्ने बताए।

उनले उपलब्ध गराएको कागजहरु मध्ये एउटामा राजदुत लक्की शेर्पाका पतिले सोनामले वाङ्गछुलाई ४ वर्षमा चुक्ता गर्ने गरि ६४ लाख नेपाली रुपैयाँ ऋण दिएको देखिन्छ। उक्त कागजमा वाङ्गछुले हस्ताक्षर गरेको भएपनि राजदुत शेर्पाका पतिको हस्ताक्षरका छैनन्।राजदुत शेर्पाले भने आफुलाई लगाएको आरोप झुठो भएको बताएकी छन्। साथै वाङ्गछुले उपलब्ध गराएको ऋण लिएको कागज पनि झुठो भएको दावी उनले गरिन्।

राजदूत शेर्पाकी बुबा र आमासंगै वाङ्गछुकी श्रीमती फुल्हामुलाई पनि अर्दलीको रुपमा भिषा उपलब्ध गराउन अनुरोध गर्दै परराष्ट्र मन्त्रालयले दिल्लीस्थित अष्ट्रेलियाली हाई कमिसनलाई लेखेको पत्र।

'बाङ्छुले देखाएको सम्पुर्ण कागजपत्र नै नक्कली हो' उनले भनिन्। राजदुत शेर्पाले नै वाङ्गछुलाई अर्दलीको रुपमा अष्ट्रेलिया ल्याएकी थिइन् भने उनकी श्रीमती फुल्हामुलाई पनि अर्दलीको रुपमा अष्ट्रेलिया ल्याउन प्रयास गरेको देखिन्छ। अहिले ठगीको मुद्दामा फुलमु नेपालमै जेलमा छिन्।

यसअघि वाङ्गछुले सार्वजनिक रुपमा आरोप लगाएपछि क्यानवेरास्थित दूतावासले एक बिज्ञप्ति जारी गरेर वाङ्छुले झुठो आरोप लगाएको उल्लेख गरेको थियो। राजदूत शेर्पाले वाङ्गछु पहिल्यैदेखि ठगीमा संलग्न रहेका कारण उनले लगाएको आरोप निराधार रहेको बताइन्। उनले वाङ्गछुसंग आफुले कहिल्यै कुनैपनि आर्थिक कारोबार नगरेको पनि उनले बताइन्।
राजदूतावासले आरोपको खण्डन गर्दै निकाले प्रेस विज्ञप्ति।

प्रकाशित : मंसिर २०, २०७५ १३:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT