कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मलेसियामा राष्ट्रसंघीय अभिसन्धिविरुद्ध हजारौंको प्रदर्शन

(क्वालालम्पुर) — जातीय विभेद उन्मुलनसम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिविरुद्ध शनिबार मलेसियामा हजारौंले प्रदर्शन गरेका छन् । सन् १९६५ को संयुक्त राष्ट्र संघीय अभिसन्धिलाई मलेसियाले हालसम्म अनुमोदन गरेको छैन । 

मलेसिया सरकारले महासन्धि अनुमोदन नगरोस् भन्ने अभिप्रायले सचेत गराउन शान्तिपूर्ण प्रदर्शन गरिएको आयोजक ‘मले–एनजिओ उम्माह’ लाई उध्दृत गर्दै स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् । आयोजकहरुले मलेसियाले राष्ट्रसंघको उक्त महासन्धी अनुमोदन नगरेकोमा खुशी समेत व्यक्त गरेका छन् ।


शनिबार बिहानैदेखि राजधानी क्वालालम्पुरको मर्डेका स्क्वायर आसपासका क्षेत्रमा दशौं हजारको संख्यामा भेला भएका प्रदर्शनकारीले बेलुका करिब ५ बजेसम्म शान्तिपूर्ण प्रदर्शन गरे । तर प्रदर्शनमा झण्डै ५ लाख जनाको सहभागीता रहेको आयोजकको अनुमान छ । शनिबार त्यस क्षेत्रमा रहेका नेपाली लगायत स्थानीयका अधिकाशं व्यवसायहरु शनिबार बन्द रहे ।


प्रधानमन्त्री डा. महाथीर मोहम्मदले शान्तिपुर्ण र्‍याली रोक्नु प्रजातन्त्रविरुद्ध हुने बताएका थिए । उनले सरकारलाई सहयोग गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । यसअघि गत सेप्टेम्बरमा आयोजित राष्ट्रसंघको महासभामा प्रधानमन्त्री महाथीरले मानव अधिकारसम्बन्धी राष्ट्रसंघका सबैजसो महासन्धी आफ्नो मुलुकले ‘अनुमोदन गर्न सक्ने’ आशयको धारणा व्यक्त गरेका थिए । तर उक्त विषयमा आफ्नो नेतृत्वको सरकारविरुद्ध प्रदर्शन हुने आशयका खबर सार्वजनिक भएपछि उनी आफ्नै अघिल्लो भनाईबाट पछि हटेका थिए ।


शनिबार आयोजित प्रदर्शनमा पूर्वप्रधानमन्त्री नाजीब रजाक तथा प्रतिपक्षी दलका नेताहरुको समेत सहभागी थिए । प्रदर्शनका कारण प्रधानमन्त्री महाथीरले नै प्रमुख आतिथ्यता गर्ने भनिएको मानवअधिकार दिवस मनाउन गर्न लागिएको अर्को एक कार्यक्रम अन्तिम समयमा रद्द गरिएको आयोजकले बताएका छन् ।

प्रकाशित : मंसिर २२, २०७५ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?