१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मेङ्गलाई ठगी मुद्दा 

बीबीसी

ओटावा — चिनियाँ मोबाइल कम्पनी हुवावेकी उपाध्यक्ष मेङ्ग वान्जूलाई अमेरिकामा ठगी मुद्दा लगाइने क्यानडाको एक अदालतले जनाएको छ ।

मेङ्गलाई ठगी मुद्दा 

हुवाई कम्पनीकी आर्थिक मामिलासम्बन्धी प्रमुख तथा संस्थापककी छोरी मेङ्गलाई एक साताअघि क्यानडाको भ्यान्कुभर विमानस्थलबाट पक्राउ गरिएको थियो । उनलाई अमेरिका सुपुर्दगी गर्ने जनाइएको छ ।


मेङ्गले इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको उल्लंघन गरेको आरोप छ । उनको मुद्दामाथि शुक्रबार ब्रिटिस कोलम्बियाको सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको हो । अदालतले उनलाई धरौटीमा रिहा गर्ने/नगर्नेबारे सोमबार निर्णय हुने जनाएका छन् ।


सुनुवाइका क्रममा अधिकारीले उनी सन् २००९ र २०१४ को बीचमा हुवावेको सहायक कम्पनी स्काइकम मार्फत इरानविरुद्धको प्रतिबन्ध उल्लंघनमा दोषी रहेको दाबी गरेका थिए । आरोप प्रमाणित भए उनलाई अमेरिकामा ३० वर्षको जेल सयाज हुनेछ ।


क्यानडाका सरकारी वकिलका अनुसार मेङ्गले विभिन्न वित्तीय संस्थामाथि जालसाजी गरेको आरोप समेत छ । मेङ्गले अदालतसमक्ष स्काइकम र हुवावेबीच कुनै सम्बन्ध नरहेको दाबी गरेको उनले बताए । हुवावे दूरसञ्चार क्षेत्रमा विश्वकै ठूलो कम्पनी हो ।


यसले एप्पललाई उछिनेर स्मार्टफोन उत्पादनमा सामसङपछिको ठूलो कम्पनी बनेको छ । हुवावेले दूरसञ्चार सामग्री तथा मोबाइल सेट निर्माण गर्नुका साथै सञ्चार सेवा प्रदान गर्दै आएको छ ।


यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारीको पक्राउमा कुनै राजनीतिक कारण नभएको बताएका थिए । चीनले मेङ्गको पक्राउ मानव अधिकारको गम्भीर उल्लंघन भएको जनाउँदै रिहाइको माग गर्दै आएको छ ।

प्रकाशित : मंसिर २३, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?